कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकामा सन्तुलित पोषणको समस्या

  ।   २०७८ श्रावण १४, बिहीबार १९:४२

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएको भन्दै चिन्ता जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी गरिब र सबैभन्दा कमजोर समुदाय तथा परिवारका बालबालिकाको पौष्टिक सम्पन्नताको अवस्थालाई खतरा पुर्‍याएको बताउनुभएको छ । बालबालिका र युवाको आवाजलाई केन्द्रविन्दुमा राखेर नीति र रणनीति बनाउन तथा पौष्टिक, सुरक्षित, किफायती र दिगो आहार पुर्‍याउन सक्ने गरी खाद्य प्रणालीलाई रूपान्तरण गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

यस्तै अण्डा, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी जस्ता पौष्टिक खाद्यान्नको अनुदानसहित मूल्य घटाउन वा अस्वस्थकर खाद्य पदार्थको मूल्य बढाउनका लागि करको नीति लागू गर्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

यस्तै बालबालिकालाई अस्वस्थकर खाद्य पदार्थ र पेय पदार्थको बजारीकरणको हानिकारक प्रभावबाट जोगाउनुपर्ने, अनिवार्य रूपमा बालबालिकालाई स्तनपान गराउन विश्व स्वास्थ्य सङ्गठनले ध्यानाकर्षण गराएको छ ।

साथै मातृ सुरक्षा र अभिभावकले पाउने बिदाका लागि आवश्यक संरक्षण प्रदान गर्ने, सजिलै बुझ्न सकिने सञ्चार रणनीतिको माध्यमबाट खाना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाबारे जनचेतना फैलाउने लगायतका काम गर्न पनि डब्ल्यूएचओले ध्यानाकर्षण गराएको छ ।

Next Post

चीनलाई पछि पार्दै १५ स्वर्णसहित जापान टोकियो ओलम्पिकको शीर्ष स्थानमा

२०७८ श्रावण १४, बिहीबार १९:४२
काठमाण्डौ । जापानमा भइरहेको टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको छ । जापानले १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले १४ स्वर्ण, ६ रजत र नौ कास्यसहित २९ पदक जितेको छ । यस्तै १३ स्वर्ण, १४ रजत र […]

सम्बन्धित समाचार