डुडुवामा दिपशिखाको नेतृत्वमा बन्यो महिला संघ (क्रान्तिकारी)

  ।   २०८० भाद्र २७, बुधबार २२:२०

नेकपा माओवादी केन्द्रको यही भदौ १६ गतेबाट देशैभर एकसाथ सञ्चालनमा आएको ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को पालिकास्तरीय कमिटी गठन गरिएको छ ।

दिपशिखा दाहाल बिष्टको अध्यक्षतामा १९ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कमिटी गठन गरिएको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं डुडुवा गाउँपालिका इन्चार्ज गेहराज रिजाल (नवीन शर्मा) ले जानकारी दिनुभयो ।        इन्चार्ज रिजालका अनुसार कमिटीको उपाध्यक्षमा निर्मला चमार र पुनम बुढाथोकी यादव, सचिबमा दिपिका बिक, कोषाध्यक्षमा मनिषा बाठा र सहसचिवमा निरुता बिक चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा क्रमशः सुकुराली शेष, रामरहित चमार, नसिवुन नाउ, हास्मा शेष, फुलमाया बिक, मनिशा थापा, इरदा शाही, विष्णु सार्की, मीना बिक, तुलसी चन्द बिष्ट, मन्जु सार्की, हिरा खटिक र रोशनी क्षत्री चयन हुनुभएको नेता रिजालले जानकारी गराउनुभयो ।      कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।      नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फैलिरहेको भन्दै त्यसका विरुद्धमा समाजलाई रुपान्तरण गर्ने खालका गीत संगीतमार्फत महासंघले कार्यक्रम अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं महिला संघ (क्रान्तिकारी) का लुम्बिनी अध्यक्ष पार्वती पुन उषा, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं डुडुवा इन्चार्ज गेहराज रिजाल (नवीन शर्मा), माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं महिला संघ (क्रान्तिकारी) बाँकेका इन्चार्ज रेनुका खड्का, माओवादी केन्द्र डुडुवाका अध्यक्ष भोला यादव लगायतले शुभकामना प्रदान गर्नु भएको थियो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष दामा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको महिला संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य मन्जु रोकायले संचालन गर्नु भएको थियो । त्यसैगरी माओवादी केन्द्र डुडुवाका सचिव प्रेमा शाहीले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता दिपशिखा दाहाल बिष्टले गर्नु भएको थियो । 

Next Post

स्वर्गीय पत्रकार पन्नालाल गुप्ता (चाचा) को ९५औं जन्मजयन्ती

२०८० भाद्र २७, बुधबार २२:२०
नेपालगन्ज । बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताउनु भएको छ । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताउनु भएको छ […]