स्वर्गीय पत्रकार पन्नालाल गुप्ता (चाचा) को ९५औं जन्मजयन्ती

  ।   २०८० भाद्र २७, बुधबार २२:२७

नेपालगन्ज । बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताउनु भएको छ ।

बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताउनु भएको छ ।

महेन्द्र पुस्तकालय नेपालगन्जको समन्वयमा नेपाल प्रेस युनियन बाँके वरिष्ठ पत्रकार स्व.पन्नालाल गुप्त प्रतिष्ठानको आयोजनामा पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले वर्तमान पत्रकारिताको क्षेत्रमा वौद्धिक चोरी बढी हुने गरेको बताउनु भयो ।
उहाँले वर्तमान अवस्थाको पत्रकारिता सम्बन्धित विषयभन्दा बाहिर रहेको र समाजले के खोजेको त्यसतर्फ कमै समाचारहरु प्रकाशित भइरहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले आम जनताले समाचारभन्दा पहिला सामाजिक संजालमार्फत् पहिला सूचना पाउने गरेको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा समाचार प्रवाहका अनलाइन मिडिया धेरै खुोलएका तर उनीहरुको निरन्तरता र क्रियाशिलता कम भएको बताउँदै पत्रकारले पनि सामाजिक संजाललाई स्रोत बनाएर समाचार बनाउने गरेको बताउनु भयो । चौलागाईले वर्तमान अवस्थामा पत्रकार र भिडिया क्षेत्रको संख्या हेर्दा आफू अचम्मित भएको बताउँदै समाजले खोजेका समाचार खेल्नेतर्फ पत्रकारहरुको ध्यान नपूगेको बताउनु भयो । कार्यक्रममा प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीले पत्रकारको संख्या सयौंमा रहेको तर यसबाटै जिविकोपार्जन गर्ने पत्रकारहरुकोे वास्तविक संख्या धेरै कम भएको बताउनु भएको छ । उहाँहरूले वर्तमान समयमा हुवहु नकल गर्ने, नामको मात्रै पत्रकार बन्ने र सक्रिय पत्रकारहरु क्षेत्रलाई जोखिममा पार्ने काम भइरहेको बताउनु भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य शिव डाेटेल, बाँके शाखा अध्यक्ष दुर्गा राेकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार महासंघ बाँके सचिव कमल डाँगी, सञ्चारिका समूह नेपालका अध्यक्ष रूपनी जिएम, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी लगायतले पत्रकारले समाचारभन्दा फेसबुकमा स्टाटस् बढी लेख्ने गरेको बताउनु भएको छ । उहाँहरुले पत्रकारले आफ्नो आचारसहिंताभित्र रहेर समाचार लेखेको खण्डमा कसैले केही गर्न नसक्ने बताउनु भो । यसैगरी कार्यक्रममा बोल्ने वत्ताहरुले स्व.पन्नालाल गुप्त बाँकेमा पत्रकारिताको बाटो देखाउने व्यक्ति रहेको जिकिर गर्नु भएको थियो । उहाँहरुले स्व.गुप्तकाे जीवन सादगी र मेहेनती रहेको बताउँदै आजकाे पुस्ताले उहाँको जीवनीलाई अंगाल्न सक्नुपर्ने बताउनु भएको छ । उहाँहरुले स्व.गुप्तका बारेमा जति चर्चा गरे पनि कमै रहने बताउँदै बाँकेका लागि उहाँ जिवन्त व्यक्तित्व रहेको बताउनु भएको थियो ।

स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले स्वागत गर्नुभएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, पत्रकार महासंंघ लुम्बिनी प्रदेश सदस्य माेहम्मद आरिफ अन्सारी, प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष डक्ट धिताल, क्रियाशील महिला पत्रकार समूह बाँके उपाध्यक्ष करूणा शाह लगायकाे उपस्थिति रहेकाे कार्यक्रमलाई युनियन बाँके सचिव भीष्म लाेधले संचालन गर्नु भएको थियो ।

Next Post

माफ गर्नुहोस् बुबा हजुरको मुख हेर्ने दिनमा एउटा राम्रो फोटो पनि पाउन सकिन

२०८० भाद्र २७, बुधबार २२:२७
के.पी घिमिरे बुबा अहिले हजुर यदि यो संसारमा हुनु हुदो हो त हामी कति खुसी बाड्थ्यौं हौंला, मैले हजुरको कति सेवा गर्थे होला, सामाजिक सञ्जालका भित्तामा कति तस्बिरहरू पोष्ट गर्थे होला तर बुबा मैले सम्पूर्ण एल्बम पल्टाएर हेरे, यताउता चारैतिर खोजे हजुरको तस्बिर भेटाउन सकिन मलाई माफ गरिदिनु ल । […]