विकास गर्ने नेता अथक-नमूना

  ।   २०७९ कार्तिक २, बुधबार ०८:०६

बाँके । सुगम जिल्लाको दुर्गम क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरमा सबैभन्दा धेरै विकास गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र प्रदेश सभा सदस्य कृष्णा के.सी (नमुना) ले दावी गरेका गर्नुभएको छ ।

२०७४ सालको निर्वाचनमा बाँके क्षेत्र न. १ बाट संघिय सांसदमा जितेका महेश्वर अथक र प्रदेश सभा जितेका नमुनाले सबैभन्दा धेरै विकास गरेको दावी गर्नु भएको हो । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन बाट फेरी पनि पुरानै पदमा उम्मेदवारी दिनुभएका अथक र नमुनाले काम गर्ने विकास प्रेमी नेता भने पछि जनताले मत दिने दावा गर्नुभएको हो ।

मंगलबार नरैनापुर गाउँपालिकामा अगुवा नेता कार्यकर्ताहरुलाई सम्वोधन गर्दै मन्त्री अथकले भन्नुभयो, बाटो ल्याउने, बिजुली ल्याउने नेता फेरी पनि उठेका छन् भनेर मात्रै भने पुग्छ जनताले अत्यधिक मत दिन्छन् । मन्त्री अथकले आफुहरुले आफ्नो कार्यकालमा गरेको कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै आफुहरुको पालामा नरैनापुर र राप्ती सोनारीको गुणात्मक विकास भएको उल्लेख गर्नु भयो । थुप्रै बाधा अड्चन र विपक्षिहरु संगको ठुलो जोखिम मोलेर मुद्धा मामिला झेलेर नरैनापुर र राप्ती सोनारीको ४ वटा वडामा वत्ती बाल्न सफल भएको मन्त्री अथकको कथन थियो । प्रदेश सभा सदस्यकी उम्मेदवार नमुनाले नरैनापुरमा घमण्डका साथ जनता माझ भन्न मिल्ने, हुलाकी राजमार्ग निर्माण, विद्युत विस्तार,पुर्वि नहर विस्तार , शिक्षा क्षेत्रमा बृहत योजना, शिक्षा हाँसिल गर्ने किशोरीलाई साईकल वितरण, घर घरमा चुल्हो ग्याँसको व्यवस्था लगायतको उल्लेख्य कार्य गरेको बताईन ।                                                              कार्यकर्ताहरुलाई निर्देशन दिदै सबै कार्यकर्ता यतिबेला आफु उम्मेदवार भएर जनताको घर घरमा माओवादी र नमुना अथकले गरेको काम बारे प्रचार गर्न नमुनाले आग्रह गर्नुभयो । उहाँले सबै एक मन भएर लगौं फेरी पनि एक कार्यकालमा नरैनापुर र राप्ती सोनारी लगायत क्षेत्र न. १ मा विकास गरेर देखाउने छौं उहाँको भनाई थियो । मंगलबार नरैनापुर गा.पाको १ देखि ६ न. वडाको विभिन्न स्थानमा गठबन्धन अन्तर्गत माओवादी र काँग्रेसका नेता कार्यकर्ताहरु संग अथक र नमुनाले भेटघाट गर्नु भएको थियो ।

Next Post

आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन

२०७९ कार्तिक २, बुधबार ०८:०६
संवाददाता । उम्मेदवारहरुलाई आयोगको ७ बुँदे निर्देशन दिएको छ । आयोगका उपसचिव एवं सहायक प्रवक्ता ऋषिराम भुसालले विज्ञप्ति निकालेर लाभको पदमा रहेका व्यक्तिहरुलाई निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत साधन उपयोग नर्गन, घरदैलोको कार्यक्रम गर्दा सरक्षकर्मीहरूसहित २५ जनाभन्दा बढी संख्याको जुलुस लिई नहिँड्न सचेत गराउनुभएको हो । आमसभा, कोणसभा […]

सम्बन्धित शीर्षक