एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेग्ङ्लोरले पाँचौं जित निकालेको छ ।
सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बेग्ङ्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो । जवाफमा कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै ११२ रनमा रोकियो ।
जितसँगै बेग्ङ्लोरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहोरेको छ ।
यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।