पुर्व मन्त्री राइले भन्नुभयो “मेयर साबले नै डेढकरोड फ्रीज गराउनु भो”

  ।   २०७७ भाद्र १०, बुधबार १४:१७

नेपालगन्ज । पुर्व मन्त्री तथा संघीय सांसद मोहम्मद इस्तियाक राइले डेढ करोड फ्रीज भएको कुरालाई गम्भीर रुपमा खण्डन गर्नु भएको छ । मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिकाले निकालेको विज्ञप्तीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै आज बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्नु भएको हो ।

पत्रकारहरु संग मन्त्री राईले उपमहानगरपालिकाले जुन विज्ञप्ती निकाल्यो जसले नगरबासीलाई थप भ्रमित बनाएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको प्रस्ट्याउनु भयो । संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको डेढ करोड रकमबाट आफुले भेरी अस्पताललाई भेन्टिलेटर खरिदका लागि उपलब्ध गराएको रकम कार्यान्वयन नगरी उल्टै फ्रिज गराउने अवस्थामा पुर्याउनु दुर्भाग्यपूर्ण भएको मन्त्री राइको आक्रोश छ । मन्त्री राइका अनुसार सो रकम उपमहानगरपालिकाले कार्यान्वयन गर्न नसक्नु र उल्टै दोष आफुलाई लगाउनु राजनीतिक बैइमानी मात्र हो भन्दै पत्रकारहरुलाइ थप स्पष्ट पार्नु भयो ।

राइले भन्नुभयो,” मैले जनताको लागि ल्याएको रकम मेयर साबले फ्रीज गराउनु भयो । उल्टै मेरो बदनाम गर्न जनतालाई भ्रम फैलाउदै हुनुहुन्छ ।” आफुले जनहितमा काम गरेको भन्दै मन्त्री राइले आफु दोषी प्रमाणित गरे राजनीतिबाटै सन्यास लिने चेतावनी समेत दिनुभयो ।संघीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट नियम पुर्वक उपमहानगरपालिका मार्फत भेरी अस्पतालमा भेन्टिलेटर खरिद गर्न उपलब्ध गराएको स्पष्ट पार्दै उहाँले बजेट ढिला गरी प्राप्त भएकाले कार्यान्वयन गर्न सकिएन भन्ने उपमहानगरपालिकाको भनाइमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नु भयो । जुन रकम नेपालगन्ज उपमहानगरपालिकालाई प्राप्त भएको छ सो रकम उसैले नै सांसद तथा जिल्ला समन्वय समितिलाई जानकारी गराउनु पर्नेमा सांसदले जानकारी गराएन भन्नु तर्क सम्मत नभएको जिकिर गर्नु भयो ।

कोभिड १९ को बिसं परिस्थितिमा पनि उपमहानगरपालिकाले भेन्टिलेटर खरिदका लागि दिइएको रकम फ्रिज गराउनु निन्दनीय भएको भन्दै रोस प्रकट गर्नु भयो । पत्रकार भेटघाट कार्यक्रममा प्रदेश सांसद विजय यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, जिल्ला अध्यक्ष कमरुद्दिन राई लगायतको उपस्थिति रहेको थियो ।

Next Post

लकडाउनका ११७ दिनमा २२ सयले गरे आत्महत्या

२०७७ भाद्र १०, बुधबार १४:१७
काठमाडौं । लकडाउनका ११७ दिनमा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् । यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका […]