बाँकेमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय नाग्यो

हालसम्म ४० जनाको मृत्यु

  ।   २०७७ मंसिर २६, शुक्रबार १८:०९

संवाददाता, नेपालगंज
बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ४५ जना पुगेको छ । जसमध्ये महिला १ हजार ४ सय २० जना र पुरुष २ हजार ७ सय २५ जना रहेका छन ।

कोरोनाको संक्रमण पछि अवस्था अनुसारको उपचार गरी निको हुनेको संख्या भने ३ हजार ९ सय १० जना पुगेको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँके, कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४० जनाको कोरोनाको संक्रमण पछि मृत्यु भएको छ ।

जसमा १६ जना महिला र २४ जना पुरुष रहेका छन ।

उता जिल्ला बाहिरबाट उपचारका लागी बाँके आएका ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले बाँकेका विभिन्न अस्पताल र होम आइसोलेसनमा अहिले १ सय ९५ जना उपचारमा रहेका छन ।

No description available.

No description available.

No description available.

 

 

Next Post

आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी हुने

२०७७ मंसिर २६, शुक्रबार १८:०९
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने हुनुभएको छ। यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनु भएन। उहाँले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गर्नुभएको थियो । नेकपा अध्यक्ष पुष्पकमल […]

सम्बन्धित शीर्षक