संवाददाता, नेपालगंज।
बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ४५ जना पुगेको छ । जसमध्ये महिला १ हजार ४ सय २० जना र पुरुष २ हजार ७ सय २५ जना रहेका छन ।
कोरोनाको संक्रमण पछि अवस्था अनुसारको उपचार गरी निको हुनेको संख्या भने ३ हजार ९ सय १० जना पुगेको छ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँके, कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४० जनाको कोरोनाको संक्रमण पछि मृत्यु भएको छ ।
जसमा १६ जना महिला र २४ जना पुरुष रहेका छन ।
उता जिल्ला बाहिरबाट उपचारका लागी बाँके आएका ६६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले बाँकेका विभिन्न अस्पताल र होम आइसोलेसनमा अहिले १ सय ९५ जना उपचारमा रहेका छन ।