बैजनाथ गाउँपालिकामा प्लानका साझेदार संस्थाहरुको समन्वय बैठक

  ।   २०७८ श्रावण २६, मंगलवार २०:३५

समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा प्लान इन्टरनेसनल नेपालका साझेदार संस्थाहरुको बैजनाथ गाउँपालिकामा समन्वय बैठक सम्पन्न भएको छ ।

प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, साथी र स्याक नेपालको समन्वय बैठक आयोजना गरिएको क्लबले जनाएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्लबद्धारा संचालित रोकथाम, पहिंचान, शिक्षा र रुपान्तरण परियोजना अन्तरगत आर्थिक वर्ष ०७८÷०७९ मा योजना गरीएका कार्यहरुको जानकारी स्थानीयतह लगायत सरोकावालाहरुलाई गराउने उदेश्यले सो बैठकको आयोजना गरिएको हो । सो समन्वय बैठकमा स्थानीय स्तरमा मानव बेचबिखनको रोकथाम र यसबाट पीडितहरुको उद्धार, पुर्नस्थापना र पुनर्मिलन प्रक्रियामा स्थानीय सरकार, समुदाय स्तरका संयन्त्रहरु र अन्य सरोकारवालाहरुको  प्रभावकारी संलग्नतामा अभिबृद्धि गर्ने मुख्य अभिप्राय रहेको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालको अध्यक्षतामा सम्पन्न गरिएको सो बैठकमा वडाका अध्यक्षहरु, महिला तथा बालबालिका शाखाका प्रतिनीधी, बाल बालिकाहरु, पत्रकार, गाउँपालिकाको शिक्षा र स्वास्थ्य शाखाका प्रतिनिधीहरु तथा यस क्षेत्रमा कार्यरत संघ, संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका परियोजना अधिकृत महेश नेपालीले आगामी कार्यक्रमको प्रस्तुतीकरण गर्नुका साथै यस गाउँपालिकामा खास गरी मानव बेचबिखन र बालबालिकाहरुको अधिकार प्रबर्धनको लागी स्थानीय सरकारले तत्काल आफ्नो पालिकामा बाल कोषको स्थानपना र यस पालिकामा बाल बालिकाहरुको सावालहरु सम्बोधन गर्नको लागि आबश्यक रणनिती निर्माण कार्ययोजनाको तयारी र कार्यन्वयन गर्नको लागी प्रस्ताव गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष तथा समन्वय बैठकका अध्यक्ष रुचालले बैजनाथ गाउँपालिका सदैब बालबालिकाको हक,हित र संरक्षणको लागी सम्बेदनशील र प्रयत्नशील रहेको जानकारी गराउँदै यस पालिकाले बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट खास गरी बालबालिकाहरुको बेचबिखन बिरुद्धको अभियान लगायत बाल अधिकार प्रबर्धनमा अधिकतम् रुपमा सदुपयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बैठकको संचालन क्लबका परियोजनाका फिल्ड सुपरभाईजर आशा गुरुङ्गले गर्नुभएको थियो ।

Next Post

लुम्बिनी विशेष अधिवेशन : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल

२०७८ श्रावण २६, मंगलवार २०:३५
काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्दै छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक दिउँसो १ बजे प्रदेशसभा भवन बुटबलमा बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो। अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास […]

सम्बन्धित समाचार