अल्जेरियाको जंगलमा भीषण आगलागीः जलेर कम्तीमा २५ सैनिक र १७ नागिरकको मृत्यु

  ।   २०७८ श्रावण २७, बुधबार ०७:१७

एजेन्सी । अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ ।

आगलागी नियन्त्रणमा खटिएका धेरै सैनिकहरु जलेर घाइते भएका छन् । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् ।

केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जंगल नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् ।

हेलिकप्टर समेत परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।

Next Post

कुलमानको ‘कमब्याक’: प्रचण्डको प्रस्ताव, प्रधानमन्त्रीको सहमति, ऊर्जामन्त्रीको सहयोग

२०७८ श्रावण २७, बुधबार ०७:१७
काठमाडौं । सरकारले अन्ततः कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी […]