बाँकेमा संघका २५ हजार सदस्य बन्न सक्छन् : अध्यक्ष पदका उम्मेदवार धामी

  ।   २०८० श्रावण २८, आईतवार २२:५७

फोटो क्याप्सन : नेपालगन्ज जेसिसले आइतबार नेपालगन्जमा आयोजना गरेका ककस कार्यक्रममा नेपालगन्ज उद्योेग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामी ।   


नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलबाट अध्यक्षका उम्मेदवार टंकबहादुर धामीले बाँकेमा संघका २५  हजार सदस्य हुनसक्ने बताउनु भएको छ ।

नेपालगन्ज जेसिसले आइतबार नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरेको ककस कार्यक्रममा उद्योगी व्यवसायीले संघको सदस्यता धेरै विस्तार किन गरेको भन्ने जिज्ञासामा अध्यक्ष पदका उम्मेदवार धामीले नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक जिल्ला संघको स्वरुपमा जिल्लाभरी सदस्यता विस्तार गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालगन्जमा मात्र १५  हजार उद्योगी व्यवसायी छन् । सबैलाई समेट्न सकिएको छैन । जिल्ला भरी त करिब २५ हजार उद्योगी व्यवसायी छन् । ती सबै संघको सदस्य बन्नसक्छन् ।’  सदस्यता शुल्क बढी भयो भन्ने अर्को जिज्ञासामा भने धामीले साधारण सभाबाट सदस्यता शुल्क निर्धारण गरेर जान आफू तयार रहेको बताउनु भएको थियो ।        महिलालाई ३३ प्रतिशत उम्मेदवार नबनाएको बारे उहँले संघमा महिलाको कम प्रतिनिधित्व भएको स्वीकार्दै बढी भन्दा बढी महिलालाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिनुभएको थियो ।  बाँकेमा ब्यापारजन्य फोहर व्यवस्थापन कसरी गर्ने योजना छ ? भन्ने अर्को जिज्ञासामा भने धामीले फोहरलाई मोहर बनाउन तीन तहकै सरकारसँग समन्वय गर्ने बताउनु भएको थियो । जमुनाहा नाकामा १ सय रुपैयाँको सामानमा भन्सार गर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्न लगाउन संघले दवाब दिने उहाँको भनाइ थियो । धामीले धारणा राख्दा उद्योगी व्यवसायीहरुले गडगडाहट ताली बजाएका थिए ।          कार्यक्रममा समावेशी प्यानल र प्यानलका अध्यक्ष टंकबहादुर धामीको परिचय प्यानलको प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले गराउनु भएको थियो । रेग्मीले उद्योग व्यवसाय क्षेत्रका दर्जन भन्दा बढी क्षेत्रका व्यक्तिलाई समेटेर समावेशी प्यानल बनाएकाले मतदान गर्न उद्योगी व्यवसायीसँग आग्रह गर्नुभएको थियो ।       

Next Post

समावेशीको प्रचारमा जुट्यो एमाले

२०८० श्रावण २८, आईतवार २२:५७
फोटो क्याप्सन: नेपालगन्जको घरवारी टोलमा समावेशी प्यानलका उम्मेदवारका लागि भोट माग्दै नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य । फोटो : गुडन्यूज साप्ताहिक  । नेपालगन्ज : गत शुक्रबार नेपालगन्जको घरवारी टोलमा ठूलो संख्यामा उद्योगी व्यवसायी भोट माग्दै गरेको अवस्थामा भेटिए । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद […]

सम्बन्धित समाचार