मन्त्री अथकद्धारा एकैदिन राप्तीसोनारीका ३ वटा विद्यालय भवन उद्घाटन

निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने मन्त्री अथकको उद्घोष

  ।   २०७९ भाद्र १६, बिहीबार २०:२६


बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नु भएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा बिकास गर्ने उद्धेश्य लिनु भएको हो ।

मन्त्री अथकले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित भवनको उद्घाटन गर्नु भएको छ । टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो ।

जस अन्तर्गत मन्त्री अथकले राप्तीसोनारी ६ को  जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गर्नु भएको हो । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु–कमैया आधारभुत बिद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माबिको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरीएको छ ।

नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई सय वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । उनले पाँच सय भन्दा बढि विद्यार्थिहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनु भयो । मन्त्री अथकले संघिय सांसदमा निर्वाचित भए लगतै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै  आउनु भएकोछ ।

शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनु भयो । हरेक विद्यालयलाई प्राविधिक धारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तीन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन सुभारम्भ गरीएको बताउनु भयो । उहाँले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने समेत बताउनु भयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।

Next Post

कक्षा १२ को परीक्षाफल प्रकाशित

२०७९ भाद्र १६, बिहीबार २०:२६
संवाददाता । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत […]

सम्बन्धित शीर्षक