कक्षा १२ को परीक्षाफल प्रकाशित

  ।   २०७९ भाद्र १७, शुक्रबार १८:०३

संवाददाता ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ ।

यस्तो व्यवस्था बोर्डले पहिलोपटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् ।

दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

इकान्तिपुर, अनलाइन खबरबाट

Next Post

बाघ बढे तर गोठ रित्तिए, अन्न फल्न छाड्यो

२०७९ भाद्र १७, शुक्रबार १८:०३
मानिस र बस्तुभाउमाथि बाघको आक्रमण बढेसँगै बाँके र बर्दियाका वन नजिक बस्ने समुदायले पशुपालन गर्न छोडेका छन्। आय आर्जनको अर्को विकल्प नहुँदा उनीहरूको आजीविकामै संकट निम्तिएको छ। मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र रामबहादुर केसी । तस्वीर: मुकेश पोखरेल बर्दियाको मधुवन–३ भग्रैयाका रामबहादुर केसी मचानमाथि बसेर धानखेतको रखवारी गर्दैथिए– निकुञ्जबाट आउने हात्तीको […]