प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवसमा दीप्प प्रज्ज्वलन

  ।   २०८० माघ १५, सोमबार २१:१५

नेपालगन्ज : “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ स्थापना भएको प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस प्रेस सेन्टर नेपाल बाँकेले भव्य रुपमा मनाएको छ ।

आइतबार साँझ ६:३० बजे स्थानीय बि.पी.चोकमा जम्मा भएर दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपाल बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले बताउनुभयो ।

पत्रकारले आफ्नो पेशागत मर्यादाको ख्याल गरि निष्पक्ष रुपमा कलम चलाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । उक्त दीप प्रज्वलन कार्यक्रममा पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त स्थापना दिवसको शुभकामना दिनेमा कानुन समाज सेवा नेपालका अध्यक्ष छत्र सुनार, अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क., प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष लंक बहादुर रोकाय, अखिल (क्रान्तिकारी ) बाँके जिल्ला का.बा. अध्यक्ष सुनिल बटाला, नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुन, प्रेस सेन्टर बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले लगायतले दिनु भएको थियो ।

Next Post

आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

२०८० माघ १५, सोमबार २१:१५
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् […]

सम्बन्धित शीर्षक