माओवादीबाट को को परे राष्ट्रिय सभा सदस्यको उम्मेदवारीमा

  ।   २०८० पुष २२, आईतवार १५:५८

काठमाडौ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा  अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ।  गठबन्धनले आज बिहान मात्रै सिटको भागबन्डा मिलाएको हो।  भागबन्डाअनुसार आफ्नो भागमा ६ सिट परेपछि गठबन्धन बैठकलगत्तै पदाधिकारी बैठक बसेर माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको हो।

गठबन्धनको बैठकबाट नेपाली कांग्रेसलाई १०, नेकपा एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिने सहमति भएको थियो। तीन सिट मागेको नेकपा एकीकृत समााजवादी भागबन्डाबाट असन्तुष्ट छ। त्यसबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ।

राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यमा भने गठबन्धनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने निर्णय गरिसकेको छ।

सेतोपाटी

Next Post

अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित गोरखापत्रकर्मी खान र शर्मा

२०८० पुष २२, आईतवार १५:५८
नेपालगन्ज । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मालगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ । सार्क जर्नलिस्ट फोरम इन्टरनेसनल र मानवअधिकार टुडे वैशालीद्वारा भारतको बिहार राज्यको वैशालीमा युद्ध, शान्ति र मानवअधिकार विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँहरुलाई अन्तर्राष्ट्रिय […]