नेपालगन्ज विस्तारै पुरानै लयमा फर्कदै

  ।   २०८० आश्विन १९, शुक्रबार ०९:०१

नेपालगन्ज । विस्तारै पुरानै लयमा फर्किदै गएको नेपालगन्जको सुरक्षा अवस्थामा क्रमिक सुधार हुँदै आएको छ । बिहिवार राति ८ बजेदेखी नेपालगन्जमा लगाइएको कर्फ्यु शुक्रवार बिहान ६ बजेबाट हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रजिअ विपिन आचार्यद्वारा शुक्रबार बिहान जारी सूचनामा बिहिवार राति ८ बजेदेखी नेपालगन्जमा लगाइएको कर्फ्यु शुक्रवार बिहान ६ बजेबाट हटाइएको र शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म दिनभर निषेधाज्ञा जारी रहने उल्लेख गरिएको छ ।

त्यसैगरी शुक्रबार राति ८ बजेदेखि शनिवार बिहान ६ बजेसम्म कर्फ्यु कायम गरिएको सूचनामा जनाइएको छ ।

नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सिमा नाका क्षेत्रभित्र कुनै भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न पाइने छैन । उक्त क्षेत्रभित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरि दिनभर निषेधाज्ञा र रातिमा कर्फ्यु यथावत रहेको प्रजिअ आचार्यले जानकारी दिए ।

Next Post

बर्दियामा पोथी गैंडा मृत अवस्थामा फेला

२०८० आश्विन १९, शुक्रबार ०९:०१
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । सो गैंडा बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको हुनसक्ने अनुमान गरिएको छ । निकुञ्जका अनुसार निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको सो सामुदायिक वनमा करिब १९र२० वर्षको […]

सम्बन्धित समाचार