बर्दियामा पोथी गैंडा मृत अवस्थामा फेला

  ।   २०८० आश्विन १९, शुक्रबार ११:२७

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी पोथी गैंडा मृत अवस्थामा फेला परेको छ । सो गैंडा बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

निकुञ्जका अनुसार निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको सो सामुदायिक वनमा करिब १९र२० वर्षको पोथी गैंडा मृत फेला परेको हो ।  मृत्यु भएको पोथी गैंडासँग केटा (बच्चा) समेत रहेको छ ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षाकर्मिको  टोली शुक्रबार बिहान घटनास्थलतर्फ  प्रस्थान गरेको स्रोतले जनाएको छ ।  मृत भेटिएको  गैंडाको पोष्टमार्टम त्यहीँ गरिने निकुञ्ज प्रशासनले जनाएको छ । भने यो समाचार दस्ताबेजलाई स्रोत बानाइ बनाइएको हो ।

Next Post

वडाले गर्ने नियमित काममा प्रतिबद्ध छौँ: नेपालगन्ज १ का अध्यक्ष रिजाल

२०८० आश्विन १९, शुक्रबार ११:२७
शान्ति सुनार नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो वडामा नियमित गर्नुपर्ने काममा प्रतिबद्ध भएको बताउनु भयो । गत आइतबार अध्यक्ष रिजालले आफ्नो वडामा भए गरेका कामको वेलिविस्तार लगाउनु भयो । अघिल्लो कार्यकाल पनि आफैले चलाउनु भएका रिजालले  पहिलो प्राथमिकतामा जनतालाई राखेर बजेट तर्जुमा तथा […]

सम्बन्धित समाचार