कोभिड विरुद्धको खोप लगाएका ब्यक्तिलाई नै कोभिड संक्रमण भएको पुष्टि

  ।   २०७९ असार १७, शुक्रबार १९:५८

संवाददाता, नेपालगंज ।

असार यता नेपालमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । त्यसैक्रममा बाँके पनि कोभिड विरुद्धको खोप लगाएका ब्यक्तिलाई नै कोभिड संक्रमण भएको पुष्टि भएको छ ।

बाँकेका कोभिड फोकल पर्सन तेज वलीका अनुसार आज भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा ३ जनाको जाँच गर्दा ३ जनामै कोभिड संक्रमण पुष्टि भएको हो ।

जसमा नेपालगंज १८ का दुई जना पुरुष र नेपालगंज १० का १ जना महिला छन ।

कोभिडको संक्रमण देखा परे संगै कोभिड फोकल पर्सन तेज वलीले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न, कोभिड खोप नलगाएकाले लगाउन र कोभिडको दोस्रो मात्रा पुरा लगाएको ३ महिना पुगेकाहरुले वुस्टर खोप लगाउन हुन हार्दिक अनुरोध गर्नुभएको छ ।

Next Post

बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

२०७९ असार १७, शुक्रबार १९:५८
         बर्दिया । बासगढी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले चुस्तदुरुस्त काम गर्न नगर प्रमुखलाई सुझाव दिएका छन । प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको सहयोगमा मानब अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको सहजिकरणमा बासगढी नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा सरोकारवालहरुले नगरको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए […]