देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

  ।   २०७७ कार्तिक २४, सोमबार ०७:५६

काठमाण्डौ । केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो ।

केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो ।

जाडो सयममा न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भएको मौसमविद् विभूति पोख्रेलको भनाइ छ । उहाँका अनुसार तापक्रम अझै घट्दै जानेछ । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २र३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । २र३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको उहाँ बताउनुहुन्छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद् पोख्रेलको भनाइ छ ।

मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने मौसमविद् पोख्रेल बताउनुहुन्छ । यसैबीच अहिले काठमाण्डौसहित देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ ।

दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।

Next Post

बाँके जिल्लाबाट आज थप ३३ जना कोरोना जितेर घर फर्किदै

२०७७ कार्तिक २४, सोमबार ०७:५६
बाँके । बाँके जिल्लाबाट आज (सोमबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३३ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १४ जना महिला र १९ जना पुरुष रहेका छन् । योसँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन […]

सम्बन्धित शीर्षक