बाँके । बाँके जिल्लाबाट आज (सोमबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १४ जना महिला र १९ जना पुरुष रहेका छन् । योसँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार ९२ पुगेको छ ।
बाँकेमा हालसम्म तीन हजार चार सय ११ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३०६ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।
बाँकेमा बिरामी निको हुने दर ९०.६५ प्रतिशत, मृत्यु दर १.०३ प्रतिशत र रोगको प्रकोप दर ०.५७ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।