मनाङबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण (कुन जिल्लामा कति ?)

  ।   २०७७ कार्तिक २४, सोमबार ०९:०१

तस्बिर स्रोत  : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । मनाङबाहेक सबै जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । झापा, मोरङ, सुनसरी, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही र दाङमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टाको विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको फरक पाँच जना मात्रै छ । निको हुनेभन्दा सङ्क्रमित पाँच जना बढी छन् ।

आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए भने दुई हजार ८१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । अहिले ३५ हजार ४१९ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ । यसैगरी कुल एक लाख ५७ हजार ९२६ जना निको भएका मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न अस्पतालमा ३९८ जना सघन उपचार कक्ष (आईसीयू) र ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो चौबीस घण्टामा २१ कोभिड सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार १०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार ५३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना सङ्क्रमित थपिएका छन् । उज्यालो अनलाइन

Next Post

संघीय सांसद अथकको नेतृत्वमा विकास निर्माणको अनुगमन

२०७७ कार्तिक २४, सोमबार ०९:०१
नेपालगन्ज । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)को नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले १ नँ निर्बाचन क्षेत्र अन्तर्गत पर्ने राप्तीपारीको बिकास निर्माणको अनुगमन गरेको छ । राप्तीपारीका केही बिकास निर्नाणका कार्यमा ढिलासुस्ती देखिएपछि सँघिय साँसद अथक सहित बिकासे कार्यालयका प्रमुख सहितको टोलीले सोमवार अनुगमन […]