कक्षा १२ को परीक्षा गर्दा अब १५ दिनअगाडि नै सूचना दिइने

  ।   २०७८ श्रावण २४, आईतवार ०७:५४

काठमाडौं । कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ।

अब कहिले परीक्षा हुन्छ भन्ने तालिका प्रकाशित गरिएको छैन।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो। साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न सकेकोमा दुःख व्यक्तसमेत गरेको छ।

Next Post

सङ्घीयतालाई थप बलियो बनाइने, भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड

२०७८ श्रावण २४, आईतवार ०७:५४
काठमाण्डौ । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरबारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । साझा नीति तथा कार्यक्रममा कोरोना रोकथाम […]