नेपालगन्ज । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)को नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले १ नँ निर्बाचन क्षेत्र अन्तर्गत पर्ने राप्तीपारीको बिकास निर्माणको अनुगमन गरेको छ ।
राप्तीपारीका केही बिकास निर्नाणका कार्यमा ढिलासुस्ती देखिएपछि सँघिय साँसद अथक सहित बिकासे कार्यालयका प्रमुख सहितको टोलीले सोमवार अनुगमन गरेको हो । बिशेषगरि हुलाकी सडक, बैजापुरको मोरङ्गा खोलामा बन्दै गरेको पुल, राप्तीपारीको बिद्धुतीकरण, सिक्टा सिचाइ आयोजनाको काम, ढलैया सडक लगाएतको बिकास निर्माणका कामहरुको अनुगमन गरिएको हो । बिकास निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुले छिटो छरितो ढँगले तिब्रगतिमा काम अगाडी बढाउन भन्ने उद्देश्यले अनुगमन गरिएको बताइएको छ ।
सोमवार गरिएको अनुगमनमा सँघिय साँसद अथक सहित प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, नेपाल बिद्धुत प्राधिकरणका लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगँजका प्रमुख मुनेन्द्र ठाकुर, सडक डिभिजन कार्यालय नेपालगका प्रमुख होम बहादुर ए.सी. हुलाकी सडक नेपालगँजका प्रमुख गागल बहादुर भण्डारी बाँके प्रहरी प्रमुख ओम बहादुर राना र केही ठेकेदार कम्नीका प्रतिनिधि र पत्रकारहरुको समेत सहभागितामा रहेको थियो ।
अनुगमनका क्रममा बैजापुरको मोरङ्गा खोलाको पुल र राप्तीपारीको बिद्धुतीकरण ठेकेदार कम्पनीका कारण ढिला सुस्ती भएको सँघिय साँसद अथकले जानकारी गराउनु भयो । साँसद अथकका अनुसार केही दिन पछी आफ्नो निर्वाचन क्षेत्रका बिकास निर्माणका कार्यहरुलाई समयमै समम्पन्न गराउनका लागि कामको जिम्मा लिएका ठेकेदारहरुलाई बोलाइ बैठक बस्ने र ठेकेदारका समस्या र बिकास निर्माणमा ढिलाइ हुनुका कारणका बिषयमा छलफल गरिने बताउनु भयो ।