१ वर्षका लागि लम्बियो नेपालको एकदिवसीय मान्यता

  ।   २०७७ मंसिर ३, बुधबार १७:०५

काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोरोना महामारीको कारण चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको छ ।

आईसीसीले एकदिवसीय अन्तर्रााष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक साधारण सभामा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको एकदिवसीय मान्यता एक वर्ष थप भएको जानकारी दिनुभएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता चार वर्षका लागि हुने गर्छ तर एक वर्ष थपिएसँगै अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहनेछ ।

नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । जिम्बाब्वेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट चार एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालले अहिलेसम्म १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा पाँचमा जित र पाँचमा हार बेहोरेको छ ।

Next Post

Corona infection to Congress Banke Secretary Poudel

२०७७ मंसिर ३, बुधबार १७:०५
Nepalganj : Nepali Congress Banke Secretary Tapt Bahadur Poudel has been confirmed to have corona infection. Poudel, who was swabbed on Tuesday for a PCR test, was diagnosed with corona infection in a report on Wednesday. After the corona infection, Poudel stayed in home isolation at his residence in Nepalgunj […]