प्रेम विश्वकर्मा, बाँके ।
लुम्विनी प्रदेश सरकारले आर्थिक बर्ष २०८०-०८१ को बजेट वक्तव्य मार्फत शिक्षा तथा खेलकुदका क्षेत्रमा ७१ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।
गत असार १ गते प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले प्रस्तुत गर्नुभएको यो बजेट आगामी साउन महिनादेखी कार्यान्वयनमा जानेछ ।
जसमा लुम्विनी प्राविधिक विश्वविद्यालयबाट सूचना प्रविधि तथा सिभिल इन्जिनियरिङ्ग बिषयको कक्षा सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षामा दिंर्दै आएको छात्रवृत्ति र विज्ञान शिक्षाको छात्रावत्ति कार्यक्रमलाई निरन्तरता दिन ६ करोड २० लाख रुपैयाँ, डिजिटल प्रविधिमा आधारित सामग्री खरिद गर्न विद्यालयलाई अनुदान दिने कार्यक्रमका लागि ३० करोड रुपैयाँ, समायोजन हुने विद्यालयलाई प्रोत्साहन गर्न १ करोड ५० लाख रुपैयाँ, राप्ती प्राविधिक शिक्षालयलाई ६ करोड रुपैयाँ, श्री मावि मौरीघाटको लागि ३ करोड रुपैयाँ, ठुला विद्यालयहरुमा विज्ञान शिक्षा विकासका लागि ६ करोड रुपैयाँ, प्रदेश खेलकुद गतिविधिमा ८ करोड रुपैयाँ र शिक्षालयमा नवप्रवर्तन कार्यक्रमका लागि १ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
- बजेट प्रस्तुत गर्नुहुर्दै मन्त्री धन बहादुर मास्की भिडियो हेर्नुहोस ।
यो पनि हेर्नुहोस ।