जन्मको आधारका सन्ततीका लागि नयाँ नागरिकता लिन टोकन प्रणालीबाट सेवा

  ।   २०८० असार १८, सोमबार १४:४४

संवाददाता, नेपालगंज ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारका सन्ततीका लागि नयाँ नागरिकता प्राप्तीको लागि टोकन प्रणालीबाट सेवा दिईरहेको जनाएको छ । टोकन प्रणाली लागु गरिएपछि दैनिक हुने भीड कम हुदै गएको छ ।

अनलाइनबाट टोकन प्रणाली विकसित गरिएकाले टोकनमा तोकिएको दिनमा सेवा लिन सकिन्छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) हरि प्रसाद शर्माले बिहान १० बजे देखी साँझ ५ बजेसम्म दैनिक सेवा प्रवाह भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्य नागरिकता बाहेक अहिले यो नागरिकता दैनिक १ सय वटा जति जारी गर्न सकिन्छ की भनेर काम गरिरहेका छौं ।’

अनलाइन टोकनका लागि daobanke.moha.gov.np वा appnepal.com मा गई लिन सकिनेछ । जिल्ला प्रशासन कार्यालयका अनुसार इलाका प्रशासन कार्यालय कोहलपुर र नरैनापुरका सेवाग्राहीहरुको हकमा भने यो प्रणाली लागु हुने छैन ।

  • सूचना हेर्नुहोस ।

 

 

Next Post

नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्यो

२०८० असार १८, सोमबार १४:४४
संवाददाता । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्नको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले […]

सम्बन्धित समाचार