जयपति ढ्काल
विश्व महा-विपत्तिको बाटो भएर हिडिरहेकाबेला नेपाल पनि अछुतो रहन सकेन । यसरी नरसंहार गर्ने यस्तो अवस्थाबाट पार पाउनुको विकल्प छैन ।
हामी अदृष्य सत्रु अर्थात् भाइरससँग लडिरहेका छौं । यो अवस्थाबाट मुक्त पाउन अब के के गर्ने त ? र पत्रकारहरुले यस्तो अवस्थामा कस्तो भुमिका निर्वाह गर्ने भन्ने विषय पनि खड्किएको बिषय हो ।
सुन्नमा आएको अनुसार मानव सभ्यताको लागि महामारी नयाँ होइन । महामारी नदेखेको, नभोगेको पुस्तालाई अनौठो लाग्छ नै । तर यस्ता हजारौं महामारीलाई जितेर मानव समाज यहाँसम्म आइपुगेको छ भन्ने कुरा पनि तादिदेखि सुन्दै आइरहेको कुरा हो ।
हरेक महामारीमा हजारौं, लाखौं, करोडौं मानिसले हारे होलान्, जीवन गुमाए होलान् तर मानव समुदायले हारेको छैन, सभ्यताले हारेको छैन भन्ने कुराको पुष्टि भएको देखिन्छ ।
यो महामारीलाई पनि हामी निश्चित रुपमा जित्नेछौं । महामारीलाई जितिसक्दा मानव समुदायले भने ठूलो क्षति व्यहोर्नुपर्ने देखिएको छ । नेपालमा क्षतिको मात्रा र आकार बढेको बढ्यै छ । क्षति न्यूनीकरण गर्दै महामारीमाथि विजय पाउनु असाधारण चुनौती बनेको छ । नेपालका लागि धैर्य गर्न र नआतिन आग्रह गर्दछु ।
यसकारण कोरोना भाइरसले पत्रकारिता क्षेत्र लाई पनि चुनौती दिएको छ ।
मानिस एक्लो छैन पृथ्वीमा अर्बाैं अर्ब भाइरस र ब्याक्टेरियाहरु पनि छन् । मानिसका वरिपरि हजारौं लाखौं किसिमका रोग छन् । समाज सामान्य अवस्थामा रहेको बेला पनि विभिन्न रोग मानिसलाई लागिरहेको हुन्छ ।
झन्, नेपाल त सामान्य काल खण्डमा समेत पर्याप्त स्वास्थ्य सेवा दिन नसकिरहेको देश मध्यको एक हो । यस्तो देशले कोभिड-१९ को सुनामी संग सामना गर्नु कम चुनौतीपूर्ण होइन र यस्तो विकराल अवस्थामा पत्रकारिता गर्न कम चुनौती अवश्य पनि छैन ।
कोरोना भाइरसको चरित्र नै यस्तो हुन्छ कि मानिसले सामान्यकालका लागि बनाएका मान्यता र संरचना सबैलाई भत्काइदिन्छ ।
विपत्कै बीचमा उपाय खोजेर नागरिकको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्नुको विकल्प देखिदैन । महामारीसँग आत्मसमर्पण गर्ने होइन, जुध्ने हो । भाग्ने होइन जित्ने हो । महामारीसँगको युद्धमा हाम्रो नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ । नेपाली जनताले आजसम्म सबैभन्दा विश्वास गरेका नेता केपी ओलीको नेतृत्वमा महामारी विरुद्धको लडाईं हामीले अवश्य जित्नेछौं भन्ने आशा मरेको छैन ।
महामारीमाथि विजय पाउन सरकारले गर्नैपर्ने केही कामहरु पत्रकारले सधैं आवाज उठाउदै आएका छ्न ।
तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्छ । संकटकाललाई युद्धकाल ठान्नुपर्छ । युद्ध सरह खटिएर, दत्तचित्त भएर लागेर महामारीमाथि विजय प्राप्त गर्नु पर्छ ।
पत्रकारहरूलाई पनि प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गर्नु पर्छ र पत्रकारहरुले पनि जस्तोसुकै परिस्थितिको सामना गरेर समाजमा सत्य तत्थ समाचार सम्प्रेषण गर्न सक्नु पर्छ, अन्य स्वास्थ्य सामाग्री र नेपाल पत्रकार महासघंका प्रत्येक शाखालाइ कुन पत्रकारले कति काम गरेको छ ? कसैले परिचयपत्र पाएर घर मै बस्ने, कहिले नि रिपोर्टिङ नगर्ने जस्ताहरुको अनुगमन मार्फत रेखदेख गर्नु पर्छ भन्ने लाग्छ ।
महामारीको सामना गर्न हरेक देशसँग साधन स्रोतको अभाव छ, नेपालसँग पनि अभाव हुने नै भयो । साधनस्रोतको व्यवस्थापन, जनशक्ति परिचालन गर्न एक विशेष र केन्द्रीकृत निकाय बनाइनुपर्छ ।
चिकित्सा क्षेत्रमा महामारीकाल अवधीका लागि ‘हायर एण्ड फायर’ जस्तो अधिकार लागू गरिनुपर्छ । सरकारी निकायहरुले जनशक्ति सोझै भर्ना गर्नसक्ने र आवश्यकता पर्दा हटाउन सक्ने व्यवस्था गरिनुपर्छ ।
नेपालमा रहेका सबै राजदूत, दातृ संस्थाका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले आफ्नो देशले भोगिरहेको विपत बारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरेको खण्डमा कोराना संग लड्न सहज हुने थियो ।
‘ग्रीन लाइन’ यातायातको व्यवस्था गर्न सक्नु पर्छ, अर्थात्, उपचारसँग सम्बन्धित सामान ढुवानीलाई विशेष प्राथमिकता दिने गरी यातायात क्षेत्रमा विशेष व्यवस्था गर्नु आजको आवश्यकता हो । यो व्यवस्था हवाई उडानमा समेत लागू गरिनुपर्छ । सामग्रीको छिटो छरितो ढुवानीका लागि वैकल्पिक व्यवस्थाहरु समेत गर्न सक्नु पर्ने हुन्छ ।
सामान आयातमा सरलीकरण गर्न सरकारका विभिन्न निकायहरुको केन्द्रीकृत ईकाई बनाउनुपर्छ । त्यस्तो इकाईले आयातको अनुमति ठाउँको ठाउँ, केही मिनेटमै दिनसक्ने व्यवस्था गर्दा कतिराम्रो हुन्थ्यो ।
चिकित्सा क्षेत्रका लागि प्रयोग हुने सामानलाई भन्सार मिनाहा गरिनुपर्छ । त्यस्ता सामान नेपाल प्रवेश हुँदा भन्सार विन्दुमा युद्धस्तरमा भन्सार क्लियरेन्स गरिदिने व्यवस्था भए सुनमा सुगन्ध हुने थियो । भन्सार विन्दुमा केही मिनेटमै क्लियरेन्सको व्यवस्था गरिनुपर्छ । यसका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने हुन्छ ।
व्यक्ति, व्यापारिक संघसंस्था, गैरसरकारी संस्थाहरुलाई विदेशबाट स्वास्थ्य सामग्री ल्याउन प्रोत्साहित गर्नुपर्छ । उनीहरुले ल्याउने सामान तथा सहयोग नेपाल भित्राउँदा हुने प्रशासनिक झन्झट निर्मुल गर्दै एकद्धार प्रणाली मार्फत केही मिनेटमै काम हुने व्यवस्था गरिनुपर्छ ।
स्वास्थ्य उपचार महंगो भएको गुनासोलाई ध्यानमा राखेर तत्कालै एउटा अनुगमनकारी निकाय व्यवस्था गर्न सकेको खण्डमा कोरोना हराउन साधन सिद्ध प्रमाणित हुने थियो । महामारीका बेला अस्पतालहरुलाई कडा कारवाही गर्न सकिँदैन । तर, अस्पतालले विरामीसँग अहिले लिइरहेको शुल्क उपर महामारी पछि सुनुवाई र कारवाही गर्नेगरी एक विशेष निकाय बनाउनुपर्छ । त्यस्ता निकाय द्वारा अहिलेबाटै उजुरी लिने काम थालनि गरिनुपर्छ ।
अस्पतालहरुमा आगामी दिनमा विरामीको चाप झन् बढ्ने देखिन्छ । त्यो अवस्थाको सामना गर्न अन्य क्षेत्रका निजामती कर्मचारीलाई चिकित्सा क्षेत्रमा स्वयंसेवकका रुपमा परिचालन गर्न तत्काल कार्ययोजना बनाइनु पर्ने देखिन्छ ।
देशले चाहेर मात्र केही हुन्छ ।
आफुले ध्यानदिनु पर्ने कुरा हरु :
महामारी यस्तो अवस्था हो, जसको सामना सरकार एक्लैले गर्न सक्दैन । महामारीको सामना समाजले गर्ने हो र नेतृत्व सरकारले गर्ने हो ।
सबैथोक सरकारले गरिदिन्छ या गरिदिनुपर्छ भन्ने अवधारणा महामारीका बेला लागू हुँदैन । सरकारले सकेको गर्छ नै, समाज पनि अग्रसर हुनुपर्छ । हरेक व्यक्ति जिम्मेवार हुनुपर्छ । महामारी नियन्त्रण गर्ने, विपतमा परेकालाई मद्दत गर्ने काम मेरो पनि हो, भनेर हरेक मानिस आफैले कर्तव्यवोध गर्नुपर्छ ।
विपतको बेला राज्य तथा सरकारलाई असफल पार्ने तत्वहरु सक्रिय हुन्छन् । महामारीको अवधीभरी सरकार वा सरकारी कामको विरोध गर्दा हरेक नागरिकले विवेक प्रयोग गर्नुपर्छ । सामान्य अवस्थामा जसरी सरकारको विरोध गर्न हुँदैन भन्ने लाग्छ ।
सकिन्छ भने महामारी नियन्त्रणका लागि आ-आफ्नो ठाउँ तथा हैसियत अनुसार योगदान गरौं, सकिन्न भने अरुको काममा बाधा पनि नदिउँ । महामारीको सामना गर्न सरकारी तथा गैरसरकारी क्षेत्रका सयौं निकाय तथा व्यक्तिहरु अहोरात्र खटिरहेका छन् । उनीहरुलाई हतोत्साहित गर्ने काम नगरौं, प्रोत्साहित गर्ने काममा लागौं, जो पत्रकारहरुले गर्दै आइरहेका छौँ ।
लापरवाही नगरौं । एकजनाको सानो लापरवाहीले समाजलाई संक्रमित बनाएर पीडित बनाउछ । घरको एकजना ब्यक्ति संक्रमित बन्नु भनेको उसको पूरा परिवार पनि संक्रमित बन्नु हो । एकजनाको परिवार संक्रमित बन्नु भनेको समुदायमा संक्रमण झन् फैलिनु हो । त्यसैले हरेक ब्यक्ति आफू जोगिन कोसेस गरेपछि अरुलाई पनि जोगाउन सकिन्छ । आफू जोगिनुहुन्न भने अरुलाई पनि जोगाउन सक्नुहुन्न ।
निरास नहुनुस्, आशावादी बन्नुस् । राष्ट्रिय विपतको बेला सरकारलाई हरतरहले साथ दिनुस् । विभिन्न निकायहरुले जारी गर्ने सूचना तथा आदेश मनन गर्नुहोस्, पालना गर्नुहोस् ।
विपतको बेला अधिकार होइन कर्तव्य प्रमुख हुन्छ भन्ने कुरा नभुलौ, जस स्तरमा पत्रकारहरुले पनि ज्यानको बाजि राखेर समचार लेखेको हुन्छ ”