नेपालमा ५९ हजार ५७३ जना सङ्क्रमित, ३८३ जनाको मृत्यु

  ।   २०७७ आश्विन १, बिहीबार १६:३४

नेपालमा कोरोना भाइरसका एक हजार २४६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर परीक्षणबाट सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा आठ लाख ८२ हजार ९१५ वटा आरटी पीसीआर परीक्षण भएका छन् । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५९ हजार ५७३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित १६ हजार २४१ छन् ।

पछिल्लो २४ घण्टामा एक हजार २४३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४२ हजार ९४९ पुगेको छ ।

कोरोना संक्रमणमुक्त हुने दर ७२ प्रतिशत पुगेको छ । आइसोलेसनमा कुल १६ हजार २४१ पुगेको छ । क्वारेन्टिनमा सात हजार ८८३ जना छन् ।

पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु हुनुेहरुको संख्या ३८३ पुगेको छ ।
गोरखापत्र अनलाइनबाट

Next Post

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको सपथ

२०७७ आश्विन १, बिहीबार १६:३४
राष्ट्रियसभामा मनोनीत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सपथ ग्रहण गराउनुभएको हो । गौतमलाई राष्ट्रियसभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मनोनीत गर्नुभएको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष […]