घुमफिरका लागी बर्दिया निकुञ्ज पुग्ने नेपाली धेरै

  ।   २०७९ श्रावण १२, बिहीबार १८:५७

संवाददाता, बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक बर्ष २०७८-०७९ को अवधिमा १३ हजार ७४ जना नेपाली घुमफिरका लागी पुगेका छन । यस्तै सार्क मूलकका ९ सय १ जना र अन्य देशका २ हजार ३ सय २२ जना पर्यटक बर्दिया निकुञ्ज पुगेका हुन ।

आर्थिक बर्ष २०७७-०७८ को तुलनामा दोब्बरले पर्यटकको संख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धारा, बर्दियाका सूचना अधिकारी मुकुन्द सन्जेलले जानकारी दिनुभयो ।

यसै आर्थिक बर्षमा राजस्व भने २ करोड ३९ लाख १६ हजार रुपैंया संकलन भएको छ । यता बन र निकुञ्ज मार्फत स्थानीयलाई राहत स्वरुप २ करोड ८ लाख २४ हजार रुपैंया उपलब्ध गराएको छ ।

यस आर्थिक बर्षमा बाघको आक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन । भने अन्य पशु चौपाय तथा अन्न बालीमा समेत क्षति पुगेको छ ।

बढ्दो मानव र बन्यजन्तु बीचको द्न्द्धलाई सहअस्तित्वमा बद्ल्नुपर्नेमा राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका कार्यालय प्रमुख डाक्टर रबिन कडरियाले जोड दिनुभयो ।

उहाँले मानव वन्यजन्तु सह अस्तित्वको अवधारणामा केन्द्रित रही वन्यजन्तु संरक्षण र स्थानीयलाई सचेतना, जीविकोपार्जनमा सघाउ पुर्याउदै आएको बताउनुभयो ।

Next Post

कतार च्यारेटीद्धारा युनेस्को क्लबमार्फत विपन्न किसानलाई पावर टिलर वितरण

२०७९ श्रावण १२, बिहीबार १८:५७
नेपालगञ्ज । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लामा विपन्न र गरिबका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सोही क्रममा क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिका अति विपन्न चार वटा विपन्न किसान समुहलाई कृषि उत्पादनमा बृद्धिका लागि पावर टिलर (साना ट्याक्टर) […]

सम्बन्धित शीर्षक