आत्महत्या बढ्दो, १ घण्टा २० मिनेटमा एकले गर्छन् आत्महत्या

  ।   २०७८ भाद्र ६, आईतवार ०७:०९

आत्महत्या बढ्दो, १ घण्टा २० मिनेटमा एकले गर्छन् आत्महत्या

काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखिएको छ । पछिल्लो समय नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने गरेको एक तथ्याकंले देखाएको हो ।

यो संख्याअनुसार प्रत्येक १ घण्टा २० मिनेटमा नेपालमा एक आत्महत्याको घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालबाट प्राप्त तथ्याकंअनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक वर्षको अवधिमा ५ हजार ३ सय १७ जनाले आत्महत्या गर्दा नेपालको दैनिक आत्महत्या गर्नेको संख्या १४ देखि १५ को हाराहामीमा थियो ।

तर, यो संख्या गत आर्थिक वर्ष २०७७/०७८ सम्म् आइपुग्दा दैनिक १९ जनाभन्दा बढी पुगेको छ । यो संख्या आथिएक वर्ष २०७६/०७७ को तथ्याकंभन्दा १४ दशमलव ४ प्रतिशतले बढी हो ।

सो आर्थिक वर्षमा कुल ६ हजार २ सय ४१ जनाले आत्महत्या गर्दा द्यैनिक ग्राफ १७ थियो । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसीि वसन्त कुँवरले आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा दैनिक १९ जनाले आत्म्हत्या गर्ने गरेको जानकारी दिनुभयो । राजधानी

Next Post

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

२०७८ भाद्र ६, आईतवार ०७:०९
काठमाडौं । माधवकुमार नेपालकाे साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गर्नुभएको छ । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गर्नुभएको हो । तर, अध्यक्ष […]