संवाददाता, नेपालगंज ।
कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगंजको आइसोलेसन वार्डमा उपचारतरत ३६ जना संक्रमित सिकिस्त अवस्थामा रहेको जनाईएको छ ।
आज दिँउसो जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका स्रोत ब्यक्ति तेज वलीले जारी गर्नुभएको सूचना अनुसार ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
१ सय ४० जना संक्रमित मध्ये ५६ जना महिला र ८४ जना पुरुष कोरोना संक्रमित भेरी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत हुनुहुन्छ । यसैबिच भेरी अस्पतालमा सर्वसाधारणहरुको भीड बढेको छ ।
कोरोना खोप लगाउने, पीसीआर जाँच गराउने र अन्य रोगको चेकजाँच तथा उपचारका लागी पुग्ने ब्यक्तिहरुको उपस्थितीले गर्दा भीड बढेको हो ।





