नेपालको झण्डा अङ्कित दुई वटा रेल आज जनकपुर आउँदै

  ।   २०७७ आश्विन २, शुक्रबार ०६:४८

 

काठमाण्डौ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि दुई वटा रेल आज नेपाल आउँदै छ ।

भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित रेल आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दशैं(तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाइसकेको छ । उज्यालो अनलाइन

Next Post

एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य निर्धारण

२०७७ आश्विन २, शुक्रबार ०६:४८
काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको जनाएको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन […]