प्रदेश ५ का मुख्यमन्त्रीका स्कर्टिङका प्रहरी र चालकमा कोरोना संक्रमण

  ।   २०७७ भाद्र १०, बुधबार ०६:२२

रूपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलेको स्कर्टिङका ४ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालयको प्रशासन शाखामा कार्यरत एक प्रहरी जवानको श्रीमतीमा संक्रमण देखिएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गर्ने क्रममा मुख्यमन्त्रीका सुरक्षामा खटिएका दुई प्रहरी जवान, एक हवल्दार र एक चालकमा संक्रमण देखिएको हो ।

चारै जनालाई बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । चारै जनाको अवस्था सामान्य छ । संक्रमण देखिएकी प्रहरी जवानकी श्रीमती बुटवलकै बैंकको जागिरे हुन् । प्रहरीको श्रीमतीमा संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा थप चार जनामा देखिएको हो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

चार जना प्रहरीमा संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयमा पनि कन्ट्रयाक्ट ट्रेसिङपछि मंगलबार नै स्वाब संकलन गरिएको छ । त्यस्तै मुख्यमन्त्रीको सचिवालयका कर्मचारी र उनीहरुको पनि नजिक रहेका अन्य केही कर्मचारीको पनि स्वाब संकलन भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । कान्तिपुर

Next Post

अन्तर्राष्ट्रिय उडानमा भदौ १६ देखिको तालिका निस्कियो

२०७७ भाद्र १०, बुधबार ०६:२२
काठमाडौँ | कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानको रोक भदौ १६ देखि खुला गर्ने सरकारको बिहीबारको निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना ९सेप्टेम्बर ०को उडान तालिका जारी गरेको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको एक महिनामा ६० […]

सम्बन्धित शीर्षक