मान्छे खाने बाघलाई मार्नुपर्छ : स्थानीय

बाघ संरक्षण गर्र्ने की स्थानीयलाई साथ दिने, अप्ठेरोमा जनप्रतिनिधि

  ।   २०७८ असार २७, आईतवार १८:३३

प्रेम विश्वकर्मा, बर्दिया ।
आर्थिक बर्ष २०७७-०७८ बर्दिया राष्ट्रिय निकुञ्ज वरपरका गाउँबस्तीका लागी त्यति सुखत रहन सकेन । आर्थिक बर्ष सकिनै लाग्दा सम्म पनि हिंस्रक जंगली जनावरहरुको आक्रमण रोकिएको छैन ।

केही दिन अघि मात्रै पनि एक स्थानीयको बाघको आक्रमणमा परी मृत्यु भयो ।

यो आर्थिक बर्षमा यसरी जंगली जनावरको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका गाउँबस्तीका १६ जना निकुञ्जका कर्मचारी समेत स्थानीयको अकालमै मृत्यु भयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी असिम थापाका अनुसार यो आर्थिक बर्षमा १२ जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । यस्तै ४ जनाको हात्तीको आक्रमणमा परी मृत्युभएको छ ।

यो संख्या आर्थिक बर्ष २०७६-०७७ को भन्दा निकै धेरै हो । ०७६-०७७ मा ६ जनाको मात्र बाघको आक्रमणबाट मृत्युभएको छ । सूचना अधिकारी थापाले कर्णाली तटिय क्षेत्रमा बढी जोखिम देखिएको बताउनुभयो ।

निकुञ्ज सँग जोडिएका बर्दियाको गेरुवा गाउँपालिका, मधुवन र ठाकुरबाबा नगरपालिकाका स्थानीय दिँउसै पनि निर्धक्क सँग आउजाउ गर्न सक्दैन्न ।

स्थानीयहरु ‘बाघ लगायतका हिंस्रक जंगली जनावर मारेर ज्यान जोगाऔं, की बस्ती स्थान्तरण गर्छांै,’ भन्न थालेका छन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नारायण मल्ल भन्नुहुन्छ, ‘मान्छे खाने बाघलाई मार्नुपर्छ भन्ने स्थानीयको आवाज उठ्न थालेको छ, हामी स्थानीय सरकारका प्रतिनिधि हौं, हामीले यही राजनीति गर्नुछ, पहिले जनता जोगाउने, त्यसपछि बाघ, बाघ संरक्षण भन्दा स्थानीयलाई साथ दिनु पर्ने अवस्था आउन सक्छ । बाघको संख्या घटाउने वा बस्ती स्थान्तरण गर्नु बाहेक अर्को विकल्प छैन ।’

वडा अध्यक्ष मल्लका अनुसार वडा नम्बर ३ का धेरै स्थानीयले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाएका छन । धनौरा, भगरैया बन्यजन्तुको आक्रमण हुने ठाउँका रुपमा चर्चामै आए । थारु समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा अधिकांश सुकुम्बासी, विपन्न गरिब बस्तीहरु छन ।

जैबिक मार्ग, खाता करिडोर, भारतीय कर्तर्नियाघाट बहराइच जिल्ला सँग जोडिएको क्षेत्र भएकाले पनि यहाँ मानव बन्यजन्तुको चर्को द्धन्द्ध चलिरहेको छ ।

वडा अध्यक्ष मल्लको भनाई हेर्नुहोस यो भिडियोमा ..Click 

यहाँका अधिकाशं स्थानीयहरु घाँस, दाउरा, खर, साग लगायत दैनिक कुराहरुका लागी जंगलमा निर्भर छन । स्थानीयहरुले आउजाउको सहजताको लागी बन्यजन्तुको बढी आउजाउ हुने मार्गमा आकाशे पुलको माग राख्दै आएपनि त्यो पुरा हुन सकेको छैन ।

बन्यजन्तुको आक्रमणबाट आफन्त गुमाएका घरपरिवारहरुले भने १० लाख रुपैयां क्षतिपुर्ति राहत रकम पाउने गरेका छन । अहिले यो क्षतिपुर्तिको बापतको राहत रकम कम हुने भन्दै बढाउनु पर्ने माग उठिरहेको छ ।

 

Next Post

भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान आजदेखि सुरु हुँदै

२०७८ असार २७, आईतवार १८:३३
काठमाण्डौ । सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुट्याइएको छ । भेरोसेल ५५ वर्ष […]