डुडुवामा २९ जना कुष्ठरोगका विरामीलाई जुत्ता वितरण

  ।   २०७७ आश्विन २७, मंगलवार १८:३३

डुडुवा (बाँके)
बाँकेको डुडुवा गाउँपालिकामा कुष्ठरोग उपचार पुरा गरेका विरामीहरुलाई जुत्ता वितरण गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाले आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अन्र्तगत रहेका २९ जना कुष्ठरोगीलाई जुत्ता वितरण गरेको हो ।

जुत्ता वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कुनै पनि नागरिकले रोग लुकाउन नहुने भन्दै रोगको निदान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– ‘रोग सबैलाई लाग्न सक्छ, तर त्यसलाई लुकाएमा ज्यान जान सक्छ, स्वास्थ्य समस्याका बारेमा खुलेर प्रस्तुत हुनुपर्छ, भन्नुभयो ।’

उहाँले गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या आउन नदिनका लागि गुणस्तरिय निःशुल्क स्वास्थ्य सेवासंगै निशुल्क प्रयोगशालाको व्यवस्थापन गरेको भन्दै जटिल समस्या बाहेक सम्पुर्ण रोगको उपचार तथा औषधी वितरण गाउँपालिका स्तरमा हुने गरेको बताउनुभयो ।

विरामीलाई हिड्डुल तथा आवत जावतमा सहज र जटिलताबाट जोगाउनका लागि जुत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

जुत्ता पाएपछि विरामीहरुले आफुहरुलाई आवत जावतमा सहज हुने प्रतिक्रिया दिएका थिए । कार्यक्रममा बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्मा लगायतको सहभागिता रहेको थियो ।

Next Post

पूर्वाधारका लागि जग्गाको खोजी सुरु

२०७७ आश्विन २७, मंगलवार १८:३३
 नेपालगन्ज । ‘‘नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश ५ को प्रदेशसभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट २० असोज २०७७ मा राप्ती उपत्यका (देउखुरी) लाई प्रदेश ५ को राजधानी पारित भएको र नेपालको संविधान २९५ को उपधारा २ बमोजिम प्रदेश नं. ५ को प्रदेश सभामा […]