नयाँ श्रम कानून कार्यन्वयनमा आए सातामा ३ विदा

  ।   २०७८ श्रावण १८, सोमबार १८:४०

संवाददाता ।

भारतमा नयाँ श्रम कानून लागु गर्ने तयारी गरिएको छ । यो कानून कार्यन्वयनमा आए १ सातामा ४ दिन मात्र काम गर्नुपर्नेछ । र ३ दिन पुरै विदा पाईने छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले यो कानून आगामी अक्टुबर १ देखी लागु गर्न सक्नेछ ।

यो नयाँ कानून सगैं पीएफ ब्यालेन्स पनि बढ्नेछ । यो कानून १ अप्रिलदेखी नै लागु गर्ने योजना थियो । तर राज्यहरुको असहमतिका कारण लागु हुन सकेन ।

भारत सरकारको श्रम एवंम रोजगार मन्त्रालयका अनुसार कर्मचारीलाई ९ को सट्टामा १२ घण्टे डिउटीमा पु¥याउनु पर्ने हुनसक्छ । जसमा प्रत्येक ५ घण्टाको अवधिमा आधा घण्टा ब्रेक पाइन्छ । १ सातामा ४८ घण्टा काम गर्नुपर्छ ।

यदि कसैले दैनिक ६ घण्टा काम गर्छ भने उसले १ सातामा ६ दिन काम गर्नुपर्नेछ । यही दिनमा १२ घण्टा काम गर्ने ब्यक्तिलाई १ सातामा ३ दिन विदा मिल्नेछ । नयाँ कानून अनुसार तलवको स्केलमा परिवर्तन हुनेछ ।

कर्मचारीको न्युनतम तलव ५० प्रतिशत भन्दा बढी गराउनुपर्छ । खासगरी यो कानून प्रवासी श्रमिकलाई ध्यान दिई बनाईएको छ । यसमा श्रमिकलाई सामाजिक सुरक्षा उपलब्ध हुनेछ । साथै यो नयाँ कानून अनुसार महिलाहरुलाई रातीको डिउटीमा राख्ने अनुमति पनि मिल्नेछ ।

News24 को रिपोर्टमा आधारित ।

Next Post

वडास्तरीय बालअधिकार समितिको बैठकमा बालविकास र बालसंरक्षणबारे गम्भीर छलफल

२०७८ श्रावण १८, सोमबार १८:४०
समाचारदाता नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं २ ले वडा स्तरीय बाल अधिकार समितिको बैठकको आयोजना गरेर वडामा बाल अधिकार, बाल विकास र बाल संरक्षणको अवस्था बारे जानकारी आदान प्रदान गरेको छ ।वडा नम्बर २ का अध्यक्ष सुनील सिंह हमालको अध्यक्षता र बाँके युनेस्को क्लबको समन्वयमा आयोजना गरिएको सो बैठकमा […]