बाँकेमा सोमबार थप ३८ जनामा कोरोना पुष्टि

  ।   २०७७ कार्तिक ३, सोमबार २१:०९

बाँके । सोमबार बाँके जिल्लामा संचालनमा रहेका तीन वटा पीसीआर ल्याबबाट ३८ जना बाँके जिल्ला ठेगाना भएका व्यक्रिमा कोरोना पुष्टि भएको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेको अनुसार संक्रमित १३ जना महिला र २५ जना पुरुष रहेका छन् । यो सँगै बाँके जिल्लामा जम्मा पोजेटिभ संख्या दुई हजार ७२९ जना पुगेको छ ।

यस्तै सोमबारै ७० जना निको भइ डिस्चार्ज भएकासँगै निको हुनेको संख्या दुई हजार १०९ जना पुगेको छ । जिल्ला भित्रका २९ र जिल्ला वाहिरका यस जिल्लामा १४ जना गरि ४३ जनाको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म ५९१ जना उपचारमा रहेका छन् ।

Next Post

प्रदेश १ मा संक्रमितको उपचार निःशुल्कै

२०७७ कार्तिक ३, सोमबार २१:०९
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले आफ्ना नागरिकको उपचार खर्च आफैं बेहोरेको र अब पनि उपचार निःशुल्क नै गर्ने जानकारी दिए। ‘यो महामारीमा सबै नागरिक समस्यामा छन्। हामी प्रदेश सरकार सुरुदेखि नै यो महामारी नियन्त्रणमा खटिएका छौं’, […]