वडास्तरीय बालअधिकार समितिको बैठकमा बालविकास र बालसंरक्षणबारे गम्भीर छलफल

  ।   २०७८ श्रावण १८, सोमबार १९:४३

समाचारदाता
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं २ ले वडा स्तरीय बाल अधिकार समितिको बैठकको आयोजना गरेर वडामा बाल अधिकार, बाल विकास र बाल संरक्षणको अवस्था बारे जानकारी आदान प्रदान गरेको छ ।वडा नम्बर २ का अध्यक्ष सुनील सिंह हमालको अध्यक्षता र बाँके युनेस्को क्लबको समन्वयमा आयोजना गरिएको सो बैठकमा वडामा समग्रमा बालबालिकाको अवस्थाको बारेमा पनि छलफल गरिएको थियो ।उक्त छलफल कार्यक्रममा बाल अधिकार समितिका पदाधिकारी र सदस्यहरु लगायत बाँके युनेस्को क्लबका कर्मचारीहरुको सहभागिता रहेको थियो । सो बैठकमा बाँके युनेस्को क्लब तथा विश्व शिक्षाको साझेदारीमा सञ्चालित सक्रिय परियोजनाका बारेमा परियोजनाका अनुगमन तथा मुल्याङकन अधिकृत साजिद अली सिद्दीकीले परियोजनाको लक्ष्य र उद्देश्य बारे विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । वडा नम्बर २ का अध्यक्ष तथा बाल अधिकार समितिका संयोजक सुनील सिंह हमालले बालबालिकाको हकहित संरक्षणका लागि सहजकर्ता छनौेट गरी बालबालिकाको अधिकार सुनिश्चितता गरिने बताउनु भयो । बाल अधिकार समितिका सदस्य ललिता उपाध्यायले बाँके युनेस्को क्लबद्वारा सञ्चालित सक्रिय परियोजनाको लक्ष्य र उदेश्य निकै राम्रो रहेको भन्दै सराहना गर्नु भएको थियो । उहाँका अनुसार धेरै संख्यामा विभिन्न क्षेत्रमा बालबालिकाहरु बालश्रमिकको रुपमा काम गरिरहेको अवस्था छ । उनीहरुको शिक्षा, स्वास्थ्य र संरक्षण जस्ता मौलिक अधिकार सुनिश्चित गर्नका लागि बालअधिकार समिति लगायत सबै संघसंथा तथा सम्बन्धित सरोकारवालाहरु एकजुट भएर काम गर्नुपर्ने उपाध्यायाको जोड थियो ।बैठकमा सहभागि अधिकांशले बालविकास, बालअधिकार र बालसंरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । वडा अध्यक्ष हमालले बाल अधिकार समितिले स्वस्फुर्तरुपले काम गर्नका लागि वडा कार्यालयले बजेट विनियोजन गर्ने विश्वास समेत सो अवसरमा दिलाउनु भएको थियो ।

Next Post

नेपालमा कोरोना : कुल संक्रमित ७ लाख ६२ हजार बढी, ६ लाख ५८ हजार बढी डिस्चार्ज

२०७८ श्रावण १८, सोमबार १९:४३
गुडन्यूज सहकर्मी बाँके, नेपालगन्ज । नेपालमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६२ हजार चार सय ३२ पुगेको छ । संक्रमित मध्ये ६ लाख ५८ हजार एक सय २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ९८ पुगेको स्वास्य तथा जनसंख्या […]

सम्बन्धित शीर्षक