१३ महिला २५ पुरुष सहित ३८ जना डिस्चार्ज हुँदै

  ।   २०७७ आश्विन २६, सोमबार ०८:१७

आज सोमबार बाँकेबाट ९ महिनाको बालिकासहित थप १३ महिला र २५ पुरुष गरि ३८ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँके नेपालगन्ज १२ का ९ महिने बालिकासहित १३ महिला र २५ पुरुष गरी ३८ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई असोज १२ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।

बाँकेका विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ५ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ४ सय ५ रहेको छ भने अहिले सम्म २६ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Next Post

बाँकेमा बाल विवाह रोकथाम अभियान

२०७७ आश्विन २६, सोमबार ०८:१७
शंकरप्रसाद खनाल २६ असोज, २०७७ बाँकेको राप्ती सोनारी गाउँपालिकामा बन्दाबन्दी सुरु भए यता मात्र ४२ वटा बाल विवाह भए । बाँके जिल्लामा बाल विवाहविरुद्ध किशोरी क्लब जिल्ला सञ्जाल बाँकेका सचिव चेतना केसीका अनुसार बन्दाबन्दी यता जिल्लाभरी ६९ वटा बालविवाह हुँदा राप्ती सोनारीको मात्र झन्डै ६१ प्रतिशत बाल विवाह भयो । […]

सम्बन्धित शीर्षक