कोहलपुरका नगरप्रमुख समक्ष १२ बुँदे माग

  ।   २०७८ फाल्गुन २, सोमबार १८:१८

संवाददाता, कोहलपुर

१२ बुँदे माग सहित ४ वटा राजनीतिक संगठनले आज कोहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।

भुमिसम्बन्धीको कामकारबाही अगाडी बढाउनु पर्ने, फोहोर ब्यवस्थापन, बधशाला निर्माण, छाडा पशुचौपायको ब्यवस्थापन, गुनासोको सुनुवाई गर्ने प्रक्रिया लगायतका बिषयमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाईएको हो ।

वाइसिएल कोहलपुर नगर समिति, अखिल नेपाल सुकुम्बासी संघ कोहलपुर नगर समिति, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाँके, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोहलपुर नगर समिति आज संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै एक हप्ता भित्र आफना माग सुनुवाई नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

ज्ञापन पत्र :

 

 

Next Post

बर्दियामा धेरै आत्म हत्याका घटना

२०७८ फाल्गुन २, सोमबार १८:१८
संवाददाता, गुलरिया । जिल्ला प्रहरी कार्यालय गुलरिया, बर्दियामा चालु आर्थिक बर्षको साउन देखी माघ २९ गते दिँउसो सम्म २७३ वटा विभिन्न बिषय सँग संम्बन्धित अपराधका घटना दर्ता भएका छन । अपराध अनुसन्धान शाखाको अभिलेखमा साउनमा ६२, भदौं ४२, असोज ३७, कार्तिक ४५, मंसिर ३१, पौष २७ र माघ २९ वटा […]