संवाददाता, नेपालगंज।
भारतको श्रवास्ती जिल्ला अन्र्तगत पर्ने बेलरी, भगरा, कलकलवा क्षेत्रबाट छाडा गाई, गोरु नेपाल तर्फ पठाईदा समस्या भएको स्थानीयले जनाएका छन ।
भारत तर्फका नागरिकले राप्ती नदी कटाएर छाडा गाई, गोरु छोडिदिदाँ खेतीबाली गाई, गोरुले खाइदिने गरेको बाँके नरैनापुर गाउँपालिका वडा नम्बरका ६ का स्थानीय हिरालाल मौर्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ६ को भोजपुर, दोन्द्रा, भगवानपुर वरपरका क्षेत्रमा भारततर्फबाट लखेटिएका छाडा गाई, गोरुले कृषकलाई दुख दिईरहेका छन ।
किन नेपालतर्फ पठाएको भनेर भन्दा भारत तर्फका मानिसहरुले ज्यान मार्ने धम्की दिने स्थानीयले बताएका छन ।