अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो

  ।   २०७८ श्रावण ७, बिहीबार ०६:४२


एजेन्सी । अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोका कारण लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् ।

अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । गएको ६ तारिखदेखि लागेको आगो थप फैलिदै गइरहेको खबरमा उल्लेख गरिएको छ ।

तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ । डढेलो नियन्त्रणका लागि दिन रात खटिएको अग्नि नियन्त्रकले बताएका छन् ।

Next Post

टोकियो ओलम्पिक : महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सको सानदार सुरुवात

२०७८ श्रावण ७, बिहीबार ०६:४२
काठमाण्डौ । टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा ब्राजिल र नेदरल्याण्ड्सले सानदार सुरुवात गरेका छन् । गएराति भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनलाई ५–० गोल अन्तरले पराजित गर्यो । यस्तै, नेदरल्याण्ड्सले जाम्बियामाथि फराकिलो जित दर्ता गरेको छ । पहिलो पटक ओलम्पिक खेलिरहेको नेदरल्याण्ड्सले जाम्बियालाई १०–३ गोल अन्तरले हरायो । […]