स्वास्थ्य सेवालाई सरल र प्रभावकारी बनाउन गुलरियामा बिशेष प्रशिक्षण प्रदान

  ।   २०८१ मंसिर ५, बुधबार २१:३३

नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका अन्तर्गत १२ वटै वडाका स्वास्थ्य प्रमुख तथा प्रतिनीधीहरुकालागी ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । मंगलवार देखी सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्म चल्ने आयोजक बाँके युनेस्को क्लबले जनाएको छ ।

स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउका लागी प्लान इन्टरनेसनलसंगको साझेदारीमा बाँके यूनस्को क्लबद्धारा वर्दियामा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्तर्गत सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

सो तालिमको उदेश्य स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्ग मैत्री सेवा दिदै किशोर मैत्री सेवा, किशोरीहरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारकासाथै बाल मैत्री सेवा र नेपाल सरकारका यौन तथा प्रजनन स्वास्थ्यसेवा अधिकार, नीती निर्देशिका वारे जानकारी गराउने रहेको बाँके यूनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताउनु भयो । सो प्रशिक्षण कार्यक्रममा कुनैपनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस, सेवा लिन आएका विरामीहरुले सुरक्षीत र भयरहीत बातावरणमा उपचार पाउनुका साथै स्वास्थ्यकर्मी र स्थानियविच एक अर्कामा सहकार्य गर्ने वातावरण निर्माण बारे प्रशिक्षण दिने कार्य भइहेको तालिमका प्रशिक्षक तथा परिवार कल्याण महाशाखा स्वास्थ्य सेवा विभागका प्रशिक्षक विनोद जोसीले बताउनुभयो ।

तालिमको शुभारम्भमा बोल्दै स्वास्थ्य कार्यालय वर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत सुनीता पौडेलले नेपाल सरकारले दिएको मापदण्ड तथा निती निर्देशिकमा रही सबै स्वान्थ्यकर्मीले काम गर्नु पर्ने बताउनु भयो ।

अधिकृत पौडेलले किशोरीहरुलाई सजग भएर सेवा दिन सुझाव दिदै बेलैमा ध्यान दिन नसके भोलिका दिनमा विकराल स्वास्थ्य समस्या न आउला भन्न सकिदैन भन्नुु भयो ।      कार्यक्रममा बाँके युनेस्को क्लबका प्राबिधिक सल्लाहकार साजिद अलि सिद्दिकीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा यसको महत्व बारे प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा बाँके युनेस्को क्लबका कर्मचारी अनु चौधरी र इश्वर बिकको समेत उपस्थिति रहेको थियो ।

Next Post

बाॅके युनेस्कोद्वारा बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर आयोजना

२०८१ मंसिर ५, बुधबार २१:३३
नेपालगन्ज, मंसिर ५ गते । बाँके युनेस्को क्लबले विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर⁰ आयोजना गरेको छ। क्लबले प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा  संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न गरेको हो । उक्त शिविरमा सहभागी बालबालिकालाई […]