निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

  ।   २०७९ पुष २४, आईतवार २१:३३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजै अर्थात आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका प्रतिलिटरमा ३ रुपैयाँ घटाएको निगमले जनाएको छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन दिनुभएको निर्देशन अनुसार

निगमले सोही बमोजिम नै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । निगमका अनुसार हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रति लिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिलिटर १ हजार ४२० डलर पर्नेछ ।

भारतबाट बेला बेला पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा नघटेको भन्दैं बिरोध हुदैं आएको थियो । नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेशनलाई १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।     

Next Post

अध्यक्ष विपुल पोखरेल द्धारा महासंघको विधान अनुसार सदस्यता शुद्धिकरण गर्न निर्देशन

२०७९ पुष २४, आईतवार २१:३३
संवाददाता, नेपालगंज । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले महासंघको विधान अनुसार सदस्यता शुद्धिकरण गर्न निर्देशन दिनुभएको छ । शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारण सभालाई सम्बोधन गर्नुहुर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘शाखाबाट सदस्यता प्राप्त सगैं समाप्त पनि गर्न सकिन्छ । मीडियाको […]