नेपालकै पुरानो ज्योति निवास चर्च नेपालगन्जका पास्टर श्रेष्ठको अन्त्यष्टी

बागेश्वरीका पुजारी  मुलमहन्त चन्दनाथले दिए श्रद्धाञ्जली 

  ।   २०८० बैशाख ५, मंगलवार ००:१५

संवाददाता, नेपालगन्ज ।

सदभावको सहर नेपालगन्जको नेपालकै पुरानो ज्योति निवास चर्चका पास्टर बेन्जामिन श्रेष्ठको अन्त्यष्ठिमा बागेश्वरी मन्दिरका मुल महन्त चन्दनाथ बाबाले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । सोमबार बिहान साढे चार बजे आफ्नै निवास नेपालगन्जको फुल्ट्रेकामा पास्टर श्रेष्ठको निधन भएको हो ।


लामो समय देखि क्यान्सर पीडित स्वर्गीय पास्टर श्रेष्ठले ज्योति निवास चर्चको पाँचौ नम्बरका पास्टरको रुपमा काम गर्दै आउनु भएको थियो । ७८ बर्षिय श्रेष्ठ खरो स्वभावका निष्ठावन मित्र गुमाएको भन्दै चन्दनाथा बाबाले श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । नेपालगन्जले सदभावको एक उत्तम नमूना पेस गरेको महन्तले बताउनु भयो ।

श्रेष्ठको निधनले समग्र ख्रीष्टियन जगतलाई क्षेती पुर्‍याएको एजिएनका अध्यक्ष पास्टर लोकबहादुर चौधरीले बताउनु भयो । अन्त्यष्टी सभामा बाइबलबाट प्रवचन दिदै पास्टर चौधरीले श्रेष्ठका परिवारलाई सान्त्वना दिनुभयो ।

स्वर्गीय पास्टर श्रेष्ठका श्रीमती गोल्मा श्रेष्ठले भावविह्वल हुँदै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । श्रीमती गोल्माले भन्नुभयो,´ उहाँ लामो समय देखि क्यान्सर पीडित हुनुहुन्थ्यो । सनिवार उहाँले पर्सि भन्नुभयो, मैले बुझिन । आज नै पर्सि भयो । आज बिहान साढे चारबजे उहाँले हामीलाई छोडेर जानुभयो अनि मैले पर्सीको रहस्य बुझे ।`

स्वर्गीय पास्टर श्रेष्ठलाई श्रद्धाञ्जली दिन कर्णाली, सुदुर पश्चिम र लुम्बिनी प्रदेशका धर्मगुरुको उपस्थिति रहेको थियो । बिहान साढे चार बजे निधन भए पनि अन्त्यष्टी भने साझ ९ बजे सम्पन्न भएको थियो ।

स्वर्गीय पास्टर श्रेष्ठका छोरी, जुवाइ र भाइ काठमाडौंबाट नेपालगन्ज पुग्न डिले भएपछि अन्त्यष्टी कार्यक्रम ढिलो हुन गएको स्वर्गीय पास्टर श्रेष्ठका अनुयायी पास्टर डम्बरबहादुर थापाले बताउनु भयो । बि.सं. २००७ सालमा स्थापना भएको सो चर्चमा अहिले सम्म ६ जना पास्टरले काम गर्नु भएको पास्टर शोलोमन गुरुङले बताउनु भयो ।

पास्टर गुरुङका अनुसार स्थापना कालका पास्टर बर्णबास राई क्रमस शोलोमन गुरुङ, वसन्त श्रेष्ठ, टेकबहादुर थापा, बेन्जामिन श्रेष्ठ र अहिले डम्बरबहादुर थापाले पास्टरको सेवकाई गर्दै आउनु भएको छ ।

पास्टर गुरुङले भन्नुभयो,´ संस्थापक पास्टर राई, टेकबहादुर थापा र बेन्जामिन श्रेष्ठको मृत्यु भैसकेको छ । भने बसन्त श्रेष्ठ भारतको ब्यग्लोर र मैले सुर्खेतमा पास्टरको काम गर्दै आएका छौँ । पास्टर थाप नवनियुक्त पास्टर भएर सेवा पुर्‍याउनु थाल्नु भएको छ ।`

स्वर्गीय पास्टर श्रेष्ठका २ छोरी र एक छोरा छन् । श्रेष्ठका जेठी छोरीको क्यान्सरकै कारण डेढ महिना पहिले निधन भएको थियो । अन्त्यष्टी सभाको संचालन पास्टर थापाले गर्नु भएको थियो ।


Next Post

‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ नामक परियोजना शुभारम्भ

२०८० बैशाख ५, मंगलवार ००:१५
संवाददाता, सुर्खेत । एउटा औपचारिक कार्यक्रमका बीच कर्णाली प्रदेशमा ‘वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा’ नामक परियोजना शुभारम्भ गरिएको छ । यही वैशाख ५ गते पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबीर भण्डारी लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा परियोजनाको शुभारम्भ गरिएको हो । युथ इन्नोभेसन ल्याव र यसका सहयोगी […]

सम्बन्धित शीर्षक