नेपालगन्ज-४ का अध्यक्ष पुनले गरे वडा लक्षित नि:शुल्क स्वास्थ्य शिविर

  ।   २०७९ आश्विन ७, शुक्रबार ०८:०६


<span;>नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले आयोजना गरेको स्वास्थ्य शिविरमा ४८ जना सेवाग्राहीले स्वास्थ सुविधा लिएका छन् । जसमध्ये २६ जनाको रगत परिक्षण गरिएकोमा २ जना डेङ्ङीका विरामी भेटिएका हुन् ।                     
फिजिसियन विशेषज्ञ डाक्टर पारस श्रेष्ठले ४८ जनालाई चेकजाँच गर्नु भएको थियो । वडा नं. ४ ले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरि आफ्ना वडाबासीको वास्ता गरेको प्रति अध्यक्ष गोपाल पुनलाई सेवाग्राहीले धन्यवाद दिए । यस्तै शिविर सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई अध्यक्ष पुनले पनि धन्यवाद दिनुभयो । शिविरमा देखिएका दुई जना डेङ्ङीका बिरामीमा एकजना वडा नं. २ को र अर्कोलाई टाइफाइड देखिएको डाक्टर श्रेष्ठले बताउनु भयो । यस अघि वडा ४ मा ४ जनालाई डेङ्ङी संक्रमण पुष्टि भएको थियो । वडामा डेङ्ङी लगायत मलेरिया (औलो) नियन्त्रण गर्न वडाले लामो समयदेखि सरसफाइ अभियान संचालन गर्दै आएको छ । वडामा देखिएका यस्ता संक्रमणबाट बच्न वडाले सावधानी अपनाएको छ । अध्यक्ष पुन निर्वाचित भएसँगै प्रत्येक सनिवार वडा नं. ४ का टोल-टोलमा सरसफाइ अभियान चलाएर जनताको घरदैलो पुग्ने गरेको स्थानीयबासी बताउछन् ।                           
स्वस्थ्य सहजीकरणमा विशेषज्ञ डाक्टर/नर्स सहितको टोली, निशुल्का औषधि, डेङ्ङी, मलेरिया (औलो) को लागि रगत जाँच निशुल्क हुनेगरी स्वास्थ्य शिविर स्वास्थ्य प्रवर्द्धन केन्द्र गणेशपुरमा संचालन गरिएको थियो ।

Next Post

समुद्रको ४० मिटर मुनि विश्वको सबैभन्दा ठूलो रेल सुरुङमार्ग

२०७९ आश्विन ७, शुक्रबार ०८:०६
संवाददाता । बाल्टिक सागरको ४० मिटर मुनि विश्वको सबैभन्दा ठूलो रेल सुरुङमार्गको काम पछिल्लो दिनमा तिव्र रुपमा चलिरहेको छ । यो सुरुङले जर्मनी र डेनमार्कलाई आपसमा जोड्नेछ र यो रेलसुरुङका कारण दुई देशबीच यात्रा गर्नमा लाग्ने समय निकै घट्नेछ । उक्त सुरुङको योजना निर्माणमै १० वर्ष लाग्यो र सन् २०२० […]