सबिता चन्द
बाँके । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल बाँकेले १८औँ गणतन्त्र दिवसको उपलक्ष्यमा निशुल्क स्वस्थ्य शिविर आयोजना गरी १ सय ९७ जना बिरामीहरुको निशुल्क स्वस्थ्य जाँच गरेको छ । बिहिबार बैजनाथ(७ पेडारी गाउँमा सो शिविर गरेको हो ।
शिविरमा नसर्ने रोगको स्क्रिनिङ्ग उपचार तथा प्राथमिक कान उपचार सम्बन्धि निस्शुल्क चेकजाँच गरेको जनस्वास्थ्यकर्मी महासंघ बाँके जिल्ला अध्यक्ष जयराम पाण्डेले बताउनु भयो । अध्यक्ष पाण्डेका अनुसार शिविरमा १ सय ९७ जना सेवाग्राहीहरुको सुगर, प्रेसर तथा कान सम्बन्धि समस्याको जाँच दक्ष तथा अनुभवी चिकित्सक तथा स्वस्थ्यकर्मीहरुबाट गरिएको छ । सो शिविरमा ४५ जना उच्च रक्तचाप, २० जना मधुमेह, कानको जाली प्वाल परेका ६ जना, कान कम सुन्ने ५ जना, कानमा फोहोर जमेका १५ जना बिरामी पत्ता लागेको अध्यक्ष पण्डेले बताउनु भयो । कानको जाली प्वाल परेका ३ जनाको अप्रेसनको लागि रेफर गरेको र सुगर तथा प्रेस्सरका बिरामीहरुलाई आवश्यक उपचार तथा परामर्श सेवा दिएको शिविरमा सेवारत स्वस्थ्यकर्मीले बताउनु भयो । सो शिविरमा स्वस्थ जिवनशैलि र खानपान सम्बन्धि स्वास्थ्य शिक्षा स्वास्थ्यकर्मीहरुले प्रदान गर्नु भएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सुशील शर्मा लामिछानेले जानकारी दिनु भयो । निस्शुल्क स्वस्थ्य शिविरको उद्घाटन पुर्व उपसभामुख एबं नेकपा माओबादी केन्द्र बाँके ईन्चार्ज पुर्णा कुमारी सुबेदीले गर्नुभएको थियो । इन्चार्ज सुवेदीले गणतन्त्र दिवसको दिन यसरी सेवाग्राहीलाई स्वास्थ प्रदान गरेर मनाउनु धेरै लाभदायक भएको बताउनु भयो । त्यस्तै बैजनाथ(७ का वडा अध्यक्ष दिनेश थारुले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै आउदा दिनहरूमा यसरी नै सेवा पुर्याउन आग्रह गर्नु भयो । महासंघका केन्द्रिय उपाध्यक्ष एबं लुम्बिनी प्रदेश ईन्चार्ज मानव नेपालीले महासंघले एक उदाहरणीय काम गरेको बताउनु भयो ।
महासंघ बाँके जिल्ला अध्यक्ष लंक बहादुर रोकायाको अध्यक्षतमा भएको निस्शुल्क स्वस्थ्य शिविरमा महासंघसँग आबद्ध सेवा निवृत्त भएका स्वस्थ्यकर्मीहरुलाई सम्मान तथा तहबृद्धि भएका स्वास्थ्यकर्मीहरुलाई बधाई दिइएको थियो ।
कार्यक्रम सफल पार्न महासंघ बाँकेको टिम, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन बाँकेको टोलि, सञ्जिवनी कलेज अफ मेडिकल साईन्सेजका चिकित्सक, तथा सञ्जिवनी कलेज अफ मेडिकल साईन्सेज , ईन्टास नेपाल, नेकपा माओबादी केन्द्र बैजनाथ ईन्चार्ज लगायतको सक्रिय सहभागिता रहेको अध्यक्ष रोकायले बताउनु भयो ।