लोक सेवा आयोगमा अधिकृत तहका लागि दरखास्त आह्वान, बढुवाका लागि पनि आवेदन माग

  ।   २०७७ मंसिर २४, बुधबार १२:०८

काठमाण्डौ । लोक सेवा आयोगले अधिकृत तहका लागि दरखास्त आह्वान गरेको छ । आज विज्ञापन निकालेर आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा त्यो सरहको पदका लागि खुला तथा समावेशीतर्फ ३६० जनाको दरखास्त आह्वान गरेको हो ।

खुलातर्फ कानुन, न्याय तथा सरकारी वकिलमा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांगता भएका र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि दरखास्त आह्वान गरिएको छ । यस्तै, खुलातर्फ परराष्ट्र सेवाका लागि एक, सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ अधिकृत मागेको छ ।

त्यसैगरी, महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा ३ जनाका लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना, मधेसी कोटामा परराष्ट्रमा एक, प्रशासन र राजस्वमा ८/८, लेखा ६ र लेखापरिक्षण २ जना अधिकृत मागिएको छ ।

आयोगले दलित कोटामा सामान्य प्रशासनमा तीन, लेखा र राजश्वमा २/२, लेखापरीक्षणमा एक जना मागेको छ । त्यस्तै अपांगता भएकाका लागि प्रशासन, राजस्व र लेखामा २/२ र लेखापरीक्षणमा एक जनाको दरखास्त मागेको छ भने पिछडिएको क्षेत्रका लागि प्रशासन र राजस्वमा २र२ जना र लेखामा एक जना मागेको छ । अधिकृत सरहको परीक्षाका लागि आउँदो पुस १४ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

यस्तै, दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म पनि आवेदन दिन सकिने छ । आवेदन अनलाइमार्फत पनि दिन सकिने छ । यस्तै आयोगले बढुवाका लागि पनि दरखास्त आह्वान गरेको छ । बढुवाका लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यता पुगेकाले बढुवाका लागि आवेदन दिन सक्ने अयोगले जनाएको छ ।

Next Post

छात्रवृत्तिमा पढेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा जान निर्देशन

२०७७ मंसिर २४, बुधबार १२:०८
काठमाण्डौ । सरकारले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजको दिनदेखि चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट चिकित्साशास्त्र अध्ययन गरेका चिकित्सकलाई खटाएको अस्पतालमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्रालयले छात्रवृत्तिमा एमडी, एमएस र एमडिएस अध्ययन गरेका चिकित्सकलाई […]