लिबियाको खोमसको तटमा डुंगा दुर्घटना, ७४ आप्रवासीको मृत्यु

  ।   २०७७ कार्तिक २८, शुक्रबार ०६:४६


एजेन्सी । लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको बताइएको छ ।

आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय ९आइओमएम०ले जनाएको छ । आइओमएमका अनुसार डुंगामा करिब १२० जना सवार रहेका थिए ।

डुंगा दुर्घटना भएलगत्तै माझीहरुले ४७ जनाको जिवितै उद्दार गरेको समाचारमा जनाइएको छ । गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

डुंगामा सवारमध्ये अधिकांश महिला र बालबालिक रहेका थिए । उनीहरुमध्ये ११ जना नवजात शिशुको जिवितै उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष मात्र कम्तिमा नौ सय भन्दा बढीको भूमध्य सागरमा डुबेर मृत्यु भएको छ ।

लिबियालगायतका देशका आप्रवासीहरु भूमध्य सागरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्ने हुँदा हरेक वर्ष डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

लिबियामा जारी द्वन्द्वका कारण हरेक वर्ष बिस्थापित हुनेको संख्या बढ्दै गएको र भूमध्य सागरको बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या वर्षेनी बढ्ने गरेको छ ।

सोही क्रममा दुर्घटनाका घटनाहरु पनि बढ्ने गरेका छन् ।

Next Post

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने

२०७७ कार्तिक २८, शुक्रबार ०६:४६
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि […]