३ साता नपुग्दै ३ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

  ।   २०७७ फाल्गुन १८, मंगलवार ०६:४२

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको छ। निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेल ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर आठ सय ९३ अमेरिकी डलर कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यस पटक बढाइएको छैन। ग्यासको मुल्य एक हजार ४ सय रुपैयाँमा यथावत छ।

हाल वृद्धि भएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर तीन सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ।

मूल्य बढे पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्न जाने निगमले जनाएको छ। ​निगमले यस अघि फागुन ४ र माघ २८ गते पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

Next Post

दुर्गा प्रसाईँको क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

२०७७ फाल्गुन १८, मंगलवार ०६:४२
झापा : प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दोस्रो पटक गृह जिल्ला झापा आउँदैछन्। बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न ओली आज गृह जिल्ला झापा आउन लागेका हुन्। उनी गत आइतबार झापा आएका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, […]