बाँकेको कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन मन्त्री बस्नेतद्वारा शिलान्यास

  ।   २०८० आश्विन १०, बुधबार १६:५०

सुर्य प्रसाद धिताल

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ ।

कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो ।

मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताउनु भयो ।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउनु भयो ।                कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ ।          दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२/३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।

Next Post

ठाकुरबाबाद्धारा बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपाल सम्मानित

२०८० आश्विन १०, बुधबार १६:५०
नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा नगरपालिकामा सञ्चालित परियोजनाको पालिकास्तरीय सामाजिक लेखाजोखा तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित युवा महिलाहरुको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्र्धन परियोजनाले १८ वर्षदेखि २४ वर्ष समुहका १२० जना युवा महिलालाई शिपमुलक तालिम दिएर उनिहरुको व्यवसाय विकास […]